मेगा बैंकको लिलामको सेयर कति मूल्य हाल्नेलाई पर्यो ?

Apr 04, 2017 Merolagani

मेगा बैंक (MEGA) ले हकप्रदमा नबिकेको दुई लाख १७ हजार आठ सय कित्ता साधारण तथा एक लाख ६८ हजार नौ सय ९२ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्री गरेको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंगको कार्यलय नक्सालमा सोमबार बोलकबोलबाट सेयर बिक्री भएको हो ।

चैत १३ गतेदेखि लिलामीमा राखिएको साधारण सेयर न्युनतम चार सय ११ रुपैंयासम्मका आवेदकलाई पर्ने प्रारम्भिक तथ्यांक आएको छ । नबिल इन्भेष्टका अनुसार सबै बोलकबोलहरुको तथ्यांक प्रविष्ट गर्ने काम पुरा भए पछि मात्र अन्तिम नतिजा आउनेछ । उसका अनुसार रद्ध भएका आवेदनहरु हटाए पछि उल्लेखित मूल्यमा केही परिमार्जन हुन सक्नेछ ।

संस्थापक सेयर बोलकबोलको नतिजा अझैसम्म निक्र्यौल भैसकेको छैन ।

हाल टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जमा रहेको मेगाको सेयर कारोबार बन्द हुनु अघि प्रति कित्ता चार सय ५८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।