७० प्रतिशत हकप्रदका लागि गरिमाले तोक्यो बुक क्लोजको मिति

Apr 04, 2017 merolagani



नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा ७० प्रतिशत हकप्रद निष्काशनको प्रक्रिया थालेको गरिमा विकास बैंक (GBBL) ले सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । धितोपत्रबोर्डबाट हकप्रद निष्काशनको लागि स्वीकृति पाएछि बैंकले यहि चैत्र ३० गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।



बैंकको हकप्रद लिन ईच्छुक लगानीकर्ताले चैत्र २९ गतेसम्म सेयर खरिदगरी सक्नुपर्नेछ भने हकप्रदको बोजबाट मुक्त चाहानेले सोही समयसम्ममा सेयर बिक्री गरीसक्नुपर्नेछ ।

गत बर्षको मुनाफाबाट २० प्रतिशत बोनस बाँडेको गरिमा विकास बैंकले हाल कायम चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कुल ९० लाख ७६ हजार दुई सय ९६ कित्ता सेयर निष्काशन गर्नेछ । बैंकको दशौ साधारणसभाले २० प्रतिशत बोनसपश्चात ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

हकप्रद निष्काशन पश्चात बैंकको पूँजी दुई अर्ब २० करोड रुपैँया हाराहारीमा पुग्नेछ । शुभेच्छा विकास बैंकलाई गाभेको गरिमाको एक अर्ब आठ करोड रुपैँया चुक्ता पूँजी रहेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २९ रुपैंया ५३ पैसा कायम गरेको छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।