सेयरबजारमा सामान्य गिरावट, एक अर्ब ६३ करोडको कारोबार

Apr 04, 2017 merolagani

मंगलबार नेप्से साढे तीन अंकले ओरालो लागेको छ । कारोबार खुलेदेखि नै निरन्तर उतारचढाब देखिएको बजार बन्द हुने समयसम्म आईपुग्दा ३.५ अंक नकारात्मक भएर बन्द भयो । यसदिन एक अर्ब ६३ करोड बराबरको सेयर किनबेच भएको छ ।

मंगलबारको बजारमा होटल, वित्त र बीमा बाहेकका सबै समूह ओरालो लागेपछि नेप्से नकारात्मक हुन पुग्यो । मंगलबार नेप्से १६५७.०२ अंकमा झरेको छ भने समग्र बजार पूँजीकरण १८ खर्ब ९० अर्ब कायम भएको छ ।

१४४ कम्पनीको सेयर किनबेच भएको बजारमा एक अर्ब ६३ करोड बराबरको सेयर किनबेच भएको छ । जून अघिल्लो दिनको तुलनामा ९० करोड कम हो । सोमबार दुई अर्ब ५३ करोड बढीको कारोबार भएको थियो । 

बीमा कम्पनीहरुको चुक्तापूँजीवृद्धि गर्ने निर्णय सार्वजनिक भएपछि निरन्तर बढेको बजारमा बीमा कम्पनीहरुको कारोबार उच्च हुँदै आएको छ । मंगलबार पनि बीमा समूहको झण्डै ६४ करोड बराबरको सेयर किनबेच भएको छ । यसदिन वाणिज्य बैंक समूहको पनि ६४ करोड बढीको कारोबार भयो ।

सबैभन्दा धेरै कारोबार हुने नेपाल बैंकको १२ करोड ८५ लाख बराबरको सेयर खरिदबिक्री भएको छ । नेपाल क्रेडिट एण्ड कर्मश बैंक र गुँरास लाइफ इन्स्योरेन्सको पनि ६ करोड बढीको सेयर किनबेच भयो ।

यसदिन गोर्खाज फाइनान्स र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै दश प्रतिशतका दरले कमाए । सिर्जना फाइनान्स, सनराइज बैंक तथा गरिमा विकास बैंक लगायतका कम्पनी पनि धेरै कमाउनेमा परेका छन् ।

यसदिन युनाइटेड फाइनान्स, जनउत्थान लघुवित्त, नयाँ नेपाल लघुवित्त तथा रिलायबल माइक्रो लगायतका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यी चार कम्पनीको सेयरमूल्य सात प्रतिशत बढीले ओरालो लागेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।