गरिमा विकास बैंकको बोनस सेयरको कर तिर्नु भयो ? नत्र ७० प्रतिशत हकप्रद भर्न छुट्ला

Apr 09, 2017 Merolagani



गरिमा विकास बैंक (GBBL) ले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गरेको २० प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा भएको छैन भने पूँजीगत लाभकर तिर्न जानु होस् । बैंकले उक्त बोनस सेयरले समेत पाउने गरि आगामी बैशाख १४ गतेदेखि ७० प्रतिशत हकप्रद निष्काशन गर्दैछ । सोका लागि बैंकले चैत ३० गते सेयरधनी पुस्तिका बन्द गर्दैछ । त्यस पछिका सात दिनसम्ममा राफसाफ भैसक्ने सेयरले मात्र हकप्रद भर्न पाउने छन् ।

बैंकले यस अघि पनि सूचना प्रकाशित गर्दै साविकको सुभेच्छा विकास बैंकसँगको मर्जरका कारण पाएको कर छुटको उपयोग गर्दै लगानीकर्तालाई बोनसमा लाग्ने कर तिर्न आग्रह गरेको थियो । तपाईले २०७३ असोज चार गते पछि गरिमाको सेयर किन्नु भएको हो र डिम्याट खातामा उक्त सेयरले पाउने बोनस जम्मा भएको छैन भने बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल तथा गरिमा विकास बैंकका कुनै पनि शाखामा गएर लाभकर तिर्नु पर्ने हुन्छ । उक्त रकम जम्मा भए पछि बैंकले चरणबद्ध रुपमा बोनस सेयर डिम्याट खातामा जम्मा गरिदिने जनाएको छ ।

बैंकले चैत २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा किनबेच भएर सो को सात दिन भित्रमा राफसाफ तथा नामसारी पुरा गराएका सेयरले हकप्रद भर्न पाउने जनाएको छ । बोनस वापतको कर तिर्ने लगानीकर्ताको हकमा पनि सोही अनुसार हुने भन्दै उसले अझै पनि कर तिर्न ढिला नभएको जनाउँदै आफ्नो सेयर सुरक्षित गर्न भनेको हो । तपाईले कर वापत कति रुपैंया तिर्नु पर्छ ? यो लिंकमा गएर हेर्नुहोस् । बैंकले प्रकाशित गरेको सूचीमा बोनस सेयरको पूँजीगत लाभकर तिर्नु पर्ने सेयरधनी १९०१ जना छन् ।

...[गरिमाले बैशाख १४ गतेदेखि ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने]...




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।