सरलीकृत लघुकर्जा सेवा प्रदान गर्न माछापुच्छ्रे बैंक र यूकेएड सक्षमबीच साझेदारी

Apr 10, 2017 merolagani

‘सरलीकृत लघुवित्त सेवा’ परियोजना संचालनका लागि माछापुच्छ्रे बैंक लिमिटेड(MBL) र यूकेएड सक्षमबीच साझेदारी भएको छ । समझदारी अनुसार वित्तीय सेवाबाट वञ्चित चौध जिल्लाका जनसंख्यालाई सरलीकृत लघुवित्त सेवाहरू प्रदान गरिनेछ ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र सक्षमका टोली प्रमुख बलजित भोहरा लगायतका दुवै संस्थाका विभिन्न प्रतिनिधिहरूको उपस्थिति दुई संस्थाबीच सोमबार सम्झौता भएको हो । 

‘सरलीकृत लघुवित्त सेवा’ परियोजनाले मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका बाँके, दाङ, कैलाली, कञ्चनपुर, रूपन्देही र सुर्खेत जिल्ला र मध्यमाञ्चल विकास क्षेत्रको धादिङ जिल्ला गरी सात जिल्लामा २० वटा शाखारहित बैंकिङ सेवा विन्दुहरू स्थापना गर्ने लक्ष्य लिएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठले “परियोजनाको ३ वर्षे समयावधिमो आफ्ना शाखारहित बैंकिङ सेवाविन्दुहरू र समर्पित सम्बन्ध प्रबन्ध (रिलेशनशिप म्यानेजर) मार्फतबाट ९ हजार भन्दा बढी हितग्राहीहरूलाई सेवा पु¥याउने लक्ष्य लिएको बताए ।

त्यसैगरी, सक्षमका टोली प्रमुख बलजित भोहराले यस साझेदारीले देशमा वित्तीय सेवाबाट वञ्चित रहेका जनसंख्यालाई सेवा प्रदान गर्नेछ ताकि उनीहरूले समृद्ध र सम्मानित जीवन जीउन सकून ।

सक्षम यूकेएडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो । यसलाई नेपालमा डिफिड नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा कार्यान्वयन गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।