युनाइटेड मोदी हाईड्रोको आइपीओ बाँडफाँड, हेनुहोस् कसले कति पाए ?

Apr 13, 2017 merolagani

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) को साधारण सेयर आइपीओ बाँडफाँड विहीबार भएको छ । कम्पनीको १७ लाख २५ हजार कित्ता आईपीओमा कुल ९७ हजार एक सय ५५ जनाले आवेदन गरेमध्ये ६५ हजार पाँच सय आठ जनाले कम्पनीको सेयर पाएका छन् । एक हजार दुई सय ३० आवेदन रद्ध भएको छ । गोलाप्रथामा परेका कारण ३० हजार चार सय १७ जना आवेदकले कम्पनीको सेयर प्राप्त गर्न सकेनन् ।

बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले लगानीकर्ताहरुलाई तीन तहमा आधार मानेर सेयर बाँडफाँड गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३३७ कित्तासम्म पाएका छन् । पाँच हजारदेखि ३३ हजार रुपैँयाको ३३० कित्ताको आईपीओ आवेदन गरेका लगानीकर्ता सबैले गोला प्रथाबाट १० कित्ता सेयर पाएका छन् ।

त्यस्तै ३४० कित्तादेखि माथि आवेदन गर्ने सबै लगानीकर्ताले सेयर पाएका छन् । ३४ हजारदेखि ५० हजार रुपैँयासम्म आवेदन गरेका लगानीकर्ताले २.८० प्रतिशतका दरले सेयर पाए भने ५० हजार रुपैँयाभन्दा बढि आईपीओमा लगानी गर्ने लगानीकर्ताले २.२४ प्रतिशतका दरले सेयर प्राप्त गरेका हुन् ।  ५०० कित्ता आवेदन गरेकाले १४ कित्ता तथा १५ हजार कित्ताका लागि लगानी गरेका लगानीकर्ताले अधिकतम ३३७ कित्ता सेयर पाएका हुन् ।

कम्पनीले गत फागुन १९ देखि २३ गतेसम्म साधारण सेयर निष्काशन गरेको थियो । युनाइटेड मोदी हाईड्रोको सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम १५ हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । 

कम्पनीले ३४ हजार ५०० कित्ता सेयर कर्मचारी र ८६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । ६५ हजार ४५४ जना सर्वसाधारण, ७ वटा सामूहिक लगानि कोष, ४७ जना कर्मचारी कम्पनीको सेयरधनी बनेका छन् । 

आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैँया पुगेको छ ।  संस्थागत लगानीकर्ताको ७५ प्रतिशत, स्थानियको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व कायम भएको छ ।

कम्पनीको सेयर एनआइबीएल क्यापिटलको कार्यालय लैनचौरमा बिहान ९ बजे बाँडफाँड गरिएको हो । कम्पनीले सेयर नपरेको रकम बैशाख ५ गतेदेखि फिर्ता गर्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।