एभरेष्ट ईन्स्योरेन्सको अब बल्ल अबस्था सुध्रेला भन्ने संकेत, २० प्रतिशत बोनस प्रस्ताव

Apr 16, 2017 merolagani

बिगतमा संस्थागत सुशासन नहुँदा बिग्रिएको एभरेष्ट ईन्स्योरेन्स (EIC)अब भने सुधारको बाटोमा जाला कि भन्ने आशा पलाएको छ । कम्पनीले बिगत बर्षहरुको लेखापरीक्षण सकी २० प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव गरेकाले कम्पनी सुधारको दिशामा गएको संकेत देखिएको हो ।


कम्पनी संचालक समितिको बैठकले गरेको २० प्रतिशत बोनस प्रस्ताव बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल कम्पनीको चुक्तापूँजी दश करोड १२ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि कम्पनीको पूँजी १२ करोड १४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको यसअघिको विशेष साधारणसभाले डेढ सय प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

कम्पनीले हाल कायम एक शेयर बराबर साढे एक शेयरको आधारमा हकप्रद जारी गरेपछि चुक्ता पूँजी पच्चीस करोड पुग्ने छ । बोनस समेत जोड्दा कम्पनीको पूँजी २७ करोड रुपैयाँ नाघ्ने छ ।

बीमा समितिको पछिल्लो निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले ०७५ असारसम्ममा एक अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने हुन्छ । एभरेष्ट इन्स्योरेन्स हाल संचालनमा रहेका बीमा कम्पनीमध्ये चुक्तापूँजीको आधारमा सबैभन्दा कमजोर कम्पनी हो ।

एभरेष्ट ईन्स्योरेन्सका सबै शेयरहरु साधारण शेयरमा रुपान्तरण भईसकेका छन् ।

कम्पनीले अग्नि बिमाको दावी भुक्तानीमा गडबडी गरेपछि बीमा समितिको कारबाहीमा परेको थियो । संस्थागत अबस्थामा सुधार आएमा बीमा समितिले गरेको कारबाही फुकुवा भई नियमित संचालनमा आएर एभरेष्टले कारोबारलाई पनि ब्यापक रुपमा बृद्धि गर्नुपर्ने अबस्था छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।