सिटिजन्स बैंकको खुद नाफा बढोत्तरीको मुख्य आधार के होला ?

Apr 20, 2017 Merolagani

सिटिजन्स बैंक(CZBIL)ले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ८८ करोड २८ लाख रुपैयाँ कमाएर अघिल्लो बर्ष भन्दा २२ प्रतिशतले बढाएको छ । कम्पनीले एकपछि अर्को हकप्रद जारी गरेर चुक्ता पूँजीमा झण्डै ९२ प्रतिशतको बढोत्तरी गर्दा पनि प्रति सेयर आम्दानीलाई धेरै खस्कन दिएन ।

 

 

बैंकको खुद नाफामा बढोत्तरीको मुख्य आधार नियमित आम्दानी नभई निस्क्रिय कर्जा वापत प्रोभिजन गरिएको रकम फिर्ता ल्याएर नाफामा देखाउनु हो । उसले यस त्रैमाससम्ममा ८२ करोड रुपैयाँ फिर्ता ल्याएको देखाएको छ । आफुले किनेका फाईनान्स कम्पनीहरुको धितोलाई गैरबैंकिड. सम्पति लिलाम गरेर बेच्दा उसले नाफा बढाउन सकेको हो । उसले गत बर्षको तेस्रो त्रैमाससम्म २५ करोड मात्र जोखिम कोषबाट फिर्ता ल्याएको थियो ।

उसको ब्याज आम्दानी र अरु नियमित प्रकारका ब्यवसायबाट हुने आम्दानी भने धेरै बढाउन सकेको पाईन्न ।

सिटिजन्सले तेस्रो त्रैमासको प्रति सेयर आम्दानीलाई गणना गर्दा हालै बिक्रीमा राखेको २५ प्रतिशत हकप्रदलाई पनि समेटेको छ । 

समग्रमा भन्दा बैंकको प्रगति संतोषजनक रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।