सिद्धार्थ डेभलपमेन्ट बैंकको कागजी र डिम्याट सेयरको हकप्रद एउटै फारमबाट यसरी भर्नुहोस्

Apr 20, 2017 Merolagani

जनता बैंकसँग विलय सम्झौता गरेको सिद्धार्थ डेभलपमेन्ट बैंकले बैशाख ७ गते विहीबारदेखि ६० प्रतिशत हकप्रद खुला गरेको छ । बैंकले एक सय रुपैँया अंकित मूल्यको दरले ८५ लाख १५ हजार पाँच दशमलव छ कित्ता हकप्रदमा आवेदन खुला गरेको हो । ...

बैंकले यस अघि कारोबारका दौरान लगानीकर्ताको नाममा रहेको खण्डित सेयरलाई समेत हकप्रद भर्ने व्यवस्था मिलाएको छ । कागजी प्रमाणपत्र डिम्याट गराउन दिने क्रममा लगानीकर्ताको नाममा रहेको खण्डित सेयरको विबरण समेत हेरेर बैंकले डिम्याट तथा भौतिक सेयरका लागि एउटै आवेदन फारमबाट सेयर भर्न सक्ने जनाएको छ । साथै खण्डित सेयरको पनि हकप्रद भर्न पाउने व्यवस्था बैंकले गरेको छ ।

बैंकले हकप्रदमा कति आवेदन गर्न पाइन्छ भनेर हेर्न सक्ने व्यवस्था मिलाएको छ । अनलाइनबाट सेयरको विबरण जाच्दा लगानीकर्ताले आफ्नो डिम्याट खाता नम्बरबाट विबरण हेरेर फेरी पहिलेको कागजी प्रमाणपत्रको सेयरधनी नम्बरबाट पनि विबरण जाच गर्नु पर्ने हुन्छ । यसरी दोहोरो विबरण जाँच गरी आउने नतिजा जोडेर लगानीकर्ताले एउटै फारममा सेयरधनी नम्बर तथा डिम्याट खाता नम्बर राखेर हकप्रद आवेदन गर्न सक्ने छन् ।

बैंकको हकप्रद कति भर्ने ? विबरण हेर्न यहाँ क्लिक गर्नुहोस् । डिम्यटा खाताको विबरणबाट हेरी सके पछि खण्डित सेयर छ वा छैन सुनिश्ति गर्न सेयरधनीको नाम तथा बाबुको नाम राखेर विबरण हेर्नु पर्छ । यहाँ एउटा उदाहरण देखाइएको छ ।

Right Check with Demat AC only shows ...

Right Check with Share Holders Name and Fathers Name shows ...

उल्लेखित दुई फोटोमा डिम्याट खाताबाट मात्र हेरिएको विबरणमा २८ कित्ता मात्र हकप्रद भर्न सकिने देखाइएको छ भने सेयरधनीको नाम तथा बाबुको नामबाट विबरण हेर्दा खण्डित सेयरको एक कित्ता सेयर पनि देखिएको छ । उल्लेखित लगानीकर्ताले २८ र एक गरी कुल २९ कित्ता हकप्रद भर्न पाउने छन् । डिम्याट खाताको विबरणबाट मात्र सेयर भर्दा २८ कित्ता सेयर पाउनेमा दुवै शैलीबाट विबरण हेर्दा २९ कित्ता हकप्रद पर्न पाउने देखिन्छ ।

बैंकको हकप्रद भर्न अनलाइनबाट फारम डाउनलोड गरी प्रिन्ट गरेर बुझाउन सकिन्छ । अनलाइनबाट फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस् ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल ईभेष्ट रहेको छ । विलय सम्झौता अघि अन्तिम पटक भएको कारोबार सम्ममा सेयर किनेका लगानीकर्ताले नक्साल स्थित नबिल ईन्भेष्ट तथा सिद्धार्थ डेभलपमेन्ट बैंकका सबै शाखाहरुबाट हकप्रद भर्न सक्नेछन् । हकप्रद निष्काशन जेठ १० गते बन्द हुनेछ ।

हाल एक अर्ब ४१ करोड ९१ लाख ६७ हजार रुपैंया चुक्ता पूँजी रहेको सिद्धार्थको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब २७ करोड छ लाख रुपैंया पुग्नेछ । राष्ट्र बैंकले तोकेको अढाई अर्ब पूँजी पुर्याउन २३ करोड रुपैंया मात्र पूँजी बिस्तार गर्नु पर्ने भए पनि बैंकले दिर्घकालिन सोचका साथ जनता बैंकमा विलय हुने निर्णय गरेको हो ।

comments powered by Disqus