सानिमा बैंकले पनि बचत खाताको ब्याजदर ८ प्रतिशत पुर्यायो

Apr 23, 2017 merolagani

सानिमा बैंक (SANIMA) ले पनि सर्वसाधारणलाई बचत खातामा दिने ब्याज दर बढाएर ८ प्रतिशत पुर्याएको छ । बैंकले बचत खाताको ब्याज दर ३ प्रतिशतले बृद्धि गरेको हो। यसअघि बैंकले बचत खातमा अधिकतम पाँच प्रतिशतसम्म ब्याज दिदै आएको थियो ।



साथै बैंकले एक बर्षे मुद्दति खाताको ब्याज दर भने ०.५ प्रतिशतले घटाएको छ। बैकले अब एक बर्षे मुद्दतिमा ११ प्रतिशत ब्याज दिने छ। बैंकले हेरेफेर गरेको ब्याजदर वैशाख १० गतेदेखि लागु हुने बैंकले जनाएको छ ।

बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले ब्याज दर बृद्धिपछि सर्वसाधारण बचतकर्तालाई फाइदा पुग्ने बताए।

यसअघि एनआइसी एशिया, सेञ्चुरी बैंकले बचत खाताको अधिकतम ब्याजदर आठ प्रतिशत पुर्याइसकेका छन ।

comments powered by Disqus