खरिदकर्ताको चाप अधिक हुँदा झण्डै एक घण्टा एकाएक किन बन्द भयो सेयर कारोबार ?

Apr 23, 2017 Merolagani

स्थानीय निकायको निर्वाचन हुने पक्का भए पछि आइतबार एकाएक खरिद कर्ताको चाप बढ्यो । बजार खुलेको १० मिनेटमा नै पहिलो पटक सर्किट लागेर १५ मिनेट पछि कारोबार खुल्दा पनि केही सेयर दलालले भने बजारमा के भईरहेको छ भन्ने सुइँकोसम्म पनि पाएनन् । त्यसको केही बेर पछि समस्या भएको थाहा भए पछि स्थगित गरिएको सेयर कारोबार अहिले सुचारु भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज्सँगको नेटवर्कमा रहन अहिले सबै सेयर दलालहरुले वेबसर्फरको सेवा लिंदै आएका छन् । बजार खुलेदेखि नै केही सेयर दलालकोमा वेबसर्फरको नेटवर्कमा आएको खराबीले सेयर कारोबार हुन सकेन । केही सेयर दलालकोमा मात्र भएको सेयर कारोबारका कारण धेरै लगानीकर्ताले बजारमा आफुले चाहेको समयमा सेयर किन्न अनि बेच्न पाएनन् ।

चौतर्फी रुपमा नेटवर्किगंमा आएको समस्याको चर्चा भए पछि नेप्सेले झण्डै ४५ मिनेट पुर्ण रुपमा सेयर कारोबार स्थगित गर्यो । नेप्सेका अनुसार वेबसर्फरमा आएको नेटवर्किंगका कारण सेयर कारोबार स्थगित गरिएको थियो । अहिले सबै ब्रोकरहरुले सेयर कारोबार सुचारु गरेका छन् ।

इन्टरनेट सेवाप्रदायक कम्पनी वेबसर्फरले नेटवर्किगंमा लुपको समस्या आएका कारण ब्रोकरहरुको सम्पर्क विच्छेद भएको जनाएको छ । उसले समस्याको पहिचान भएर कारोबार सुचारु भैसकेको जनाएको छ ।

पुर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वायनमा आउने पुर्व सन्ध्यामा देखिएको यो प्राविधिक समस्याले सेयर कारोबारमा संलग्न सबै पक्षका बिचमा वैकल्पिक नेटवर्किगंको व्यवस्था गराउनु पर्ने देखिएको छ । यस्तै प्राविधिक समस्याका कारण एउटा रफ्तारमा अघि बढेको बजारको गति परिवर्तन हुन सक्ने भएकाले पनि लगानीकर्ताको हीतमा यस्तो व्यवस्था गर्नु पर्ने हुन्छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।