महुली लघुवित्तको साधारण सेयरमा कति पर्यो आवेदन ? आस्बा आवेदन उत्साहजनक

Apr 25, 2017 Merolagani

महुली सामुदायिक लघुवित्तको साधारण सेयरमा डेढ अर्ब बढीको आवेदन परेको छ । लघुत्तिको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनसीएम मर्चेण्ट बैंकिगं (सनराइज मर्चेण्ट बैंकिगं बन्ने सबै तयारी पुरा गरिसकेका) को प्रारम्कि तथ्यांक अनुसार झण्डै ७० हजार आवेदनबाट उक्त रकमको सेयर माग भएको हो ।

मर्चेण्ट बैंकिगंका अनुसार एक अर्ब ५० करोड मध्ये एक अर्ब १० करोड रुपैंयाको सेयर आवेदन कम्पनीले उपलब्ध गराएको फारमबाट परेको छ भने ४० करोड भन्दा बढी रकमको सेयर आस्बा प्रणालीबाट माग गरिएको छ । सेयर आवेदनमा देखिने अनेक झमेलाबाट मुक्ति पाउन लगानीकर्ता आस्बा प्रणालीमा उत्साहित बनेका हुन् ।

मेर्चेण्ट बैंकिगंका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले मेरोलगानीसँग कुरा गर्दै भने, ‘अझै अन्तिम तथ्यांक आउन बाँकी छ । यो तथ्यांकलाई अन्तिम तथ्यांक मान्न मिल्दैन ।’

लघुवित्तले सर्वसाधारणका लागि एक लाख २० हजार कित्ता साधारण सेयर बैशाख सातदेखि ११ गतेसम्म निष्काशन गरेको थियो । जसमा चार हजार आठ सय कित्ता सेयर लघुवित्तका कर्मचारीलाई छुट्याइएको छ भने छ हजार कित्ता सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।

सर्वसाधारणमा सेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी ४ करोड रुपैयाँ पुग्नेछ । साधारणसेयर पछि कम्पनीमा सर्वसाधारणको ३० प्रतिशत शेयर कायम रहने छ । माहुली लघुवित्तले केन्द्रिय कार्यालय सहित २८ शाखा कार्यलयहरु मार्फत १० जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus