सहयोगीको ३५ र गोर्खाजको ५० प्रतिशत हकप्रद कहिलेदेखि हुँदैछ निष्काशन ?

Apr 27, 2017 merolagani



सहयोगी विकास बैंक र गोर्खाज फाईनान्स दुबैले जेठ २ गतेदेखि हकप्रद निष्काशन गर्ने भएका छन ।

जनकपुरमा प्रधान कार्यालय रहेको सहयोगीले चुक्ता पूँजी ३१ करोड ४६ लाख १० हजार रुपैयाँको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४२ करोड ४७ लाख २३ हजार पाँच सय रुपैयाँ पुग्नेछ ।

गोर्खाज फाइनान्सले २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । गोर्खाजको हाल चुक्ता पूँजी ५७ करोड ८६ लाख ६२ हजार पाँचसय रुपैयाँ रहेको छ हकप्रद बेचेपछि फाईनान्सको चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ पुग्नेछ ।

सहयोगीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनसीएम मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेड र गोर्खाज फाइनान्सले हकप्रद एनआईबीएल क्यापिटल हुन् ।

सहयोगीको हकप्रदमा बैशाख १४ गतेसम्म सेयर किनेका र गोर्खाज फाइनान्सका बैशाख १९ गतेसम्म कायम रहेका शेयरधनीले हकप्रद भर्न पाउनेछन् ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।