साइन रेसुङ्गाले तेस्रो त्रैमासमा कति कमायो ?

Apr 27, 2017 Merolagani



साइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHIN) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २६ करोड ९० लाख पाँच हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १८ करोड ७९ लाख ९५ हजार रुपैंया खुद नाफा कमाएको बैंकले खुद नाफा ४३ प्रतिशतले बढाएको हो ।

समिक्षा अवधिमा बैंकले चुक्ता पूँजी ८० करोड ४३ लाख २९ हजार रुपैंयाबाट एक अर्ब १० करोड २८ लाख ९२ हजार रुपैंया पुर्याएको छ । बैंकको पूँजी समिक्षा अवधिमा ३७ दशमलव ११ प्रतिशतले बढेको हो ।

पूँजी भन्दा कमाईको प्रतिशत धेरै भएका कारण बैंकको प्रतिसेयर आम्दानी सन्तुलन भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३१ रुपैंया १६ पैसा रहेकोमा अहिले प्रतिसेयर आम्दानी ३२ रुपैंया ५२ पैसा रहेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ३० करोड ८३ लाख १५ हजार रुपैंया सञ्चित भएको जगेडा कोषमा अहिले ४६ करोड ४० लाख ३३ हजार रुपैंया सञ्चित भएको छ ।

यसरी बैंकले पूँजी तथा आम्दानीका साथै जगेडा कोषमा निरन्तर गरेको प्रगतिबाट लगानीकर्तालाई आशावादी बनाएको देखिन्छ । निक्षेप तथा कर्जा प्रवाहमा भएको बिस्तारका कारण बैंकको खुद व्याज आम्दानी ३२ करोड २० लाखबाट बढेर ५० करोड १० लाख रुपैंया पुगेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले एक करोड ९३ लाख ६५ हजार रुपैंया सम्भावित जोखिम वापतको रकम उठाएकोमा अहिले ४३ लाख ४२ हजार रुपैंया मात्र उठाउँदा पनि खुद नाफामा राम्रो सुधार देखिएको हो ।
बैंकको प्रतिसेयर नेटवर्थ एक सय ४२ रुपैंया सात पैसा छ भने निष्कृय कर्जा अनुपात शुन्य दशमलव २६ प्रतिशत र मूल्य आम्दानी अनुपात १३ दशमलव ६२ गुणाले बढी छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।