राजधानी बाहिर कहाँ - कहाँ खुल्यो सेयर कारोबार गर्ने कार्यालय ? (सम्पर्क ठेगानासहित)

Apr 29, 2017 Merolagani

तिलक कोइराला

नेपाल स्टक एक्सचेन्जले सेयर दलालहरुको शाखा राजधानी बाहिर बिस्तार गर्ने निर्णय गरी बैशाख १५ सम्मको समय दिएकोमा अनुमति पाएका अधिकांश सेयर दलालले जिल्लाहरुमा शाखा खोलेका छन् । यसअघि सेयर किनबेच गर्न राजधानीकै ब्रोकर कार्यालयको भर पर्दै आएका लाखौं लगानीकर्तालाई आफ्नै घर आँगनमा कार्यालय खुल्दा निकै राहत पुगेको छ । हेर्नुहोस् कहाँ कहाँ खुले सेयर दलालको शाखाः

नेपाल स्टक एक्सचेन्जले उपलब्ध गराएको बिबरण र मेरोलगानी आफैले त्यसलाई सम्बन्धित सेयर दलालसँग रुजु गरी यो बिबरण तयार पारिएको हो ।

सबैभन्दा धेरै सेयर दलाल सात वटा कम्पनीले पोखरामा शाखा खोलेका छन् भने त्यसपछि बिराटनगर र बुटवलमा पाँच, पाँच वटाले शाखा स्थापना गरेका छन् । हेटौडा, बनेपा,बाग्लुड्, लमजुड.को बेशिशहर, नेपालगंज, धनगढी जस्ता स्थानमा पनि सेयर दलाल पुग्नु निकै उत्साहजनक कुरा हो ।

नेप्सेले बैशाख १५ गतेसम्म अनिबार्य रुपमा स्वीकृति लिएर शाखा बिस्तार गरी संचालनमा ल्याउन समय किटरै निर्देशन दिए पनि नौ वटा सेयर दलाल कम्पनीले वेवास्ता गरेको पाईएको छ । बैशाख १५ पछि ती कम्पनीहरुले शाखा बिस्तार गर्न नपाउने र अरु कम्पनीलाई नयाँ ठाउँमा अवसर दिईने बताईएको छ ।

धितोपत्र बोर्डबाट अनुमति प्राप्त ५० दलाल कम्पनी मध्ये ९ नौ वटाले यसअघि नै जिल्लाहरुमा शाखा संचालनमा ल्याएका थिए भने अहिले ३२ कम्पनीले शाखा बिस्तार गरेका हुन् । शाखा बिस्तार नगरेका  ४१ कम्पनीले १८ शहरमा शाखा खोल्ने भनिए पनि कतिपय कम्पनीले आफुले छनौट गरेको ठाउँमा शाखा नखोलेपछि १४ शहरमा मात्र सेयर दलालको पहुँच पुगेको छ ।

सेयर दलालहरुको शाखा बिस्तारले राजधानी बाहिरका लगानीकर्तालाई सुबिधा पुग्ने र सेयर बजार बिस्तार हुने अपेक्षा गरिएको छ ।

नेप्सेले आर्थिक गतिबिधि भएको संभाब्य स्थानमा सेयर दलालको कार्यालय बिस्तारको नीति लिएकोले सेयर दलालहरु सुगम र मुख्य शहरमा धेरै केन्द्रित भएका पाईएको छ । यसअघि केही दलालहरु बीरगंज, बिराटनगर जस्ता शहरमा शाखा बिस्तार गर्दै गए पनि टिक्न नसकेपछि कार्यालय बन्द गरेर राजधानी फर्किएका थिए । त्यसबेला र अहिले सेयर किनबेचको राफसाफ सजिलो भएको, कागजी प्रमाणपत्रको झंझट समाप्त भएको र लगानीकर्तामा सेयर बजारप्रतिको आकर्षण बढेकाले कसैले पनि कार्यालय बन्द गरी फर्किनुपर्ने अबस्था नआउने आशा गरिएको छ ।

 सेयर बजारमा राजधानी बाहिरका बिल्कुलै नयाँ लगानीकर्ताहरु प्रबेश गर्दा उनीहरुलाई राम्रो कम्पनीमा सुरक्षित लगानी गराउन सेयर दलालहरुको महत्वपूर्ण भुमिका हुने देखिएको छ । खराब कम्पनीहरुमा नयाँ लगानीकर्ता नफसुन भन्नेमा मेरोलगानी डटकमको पनि  बिशेष चासो रहन्छ । 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।