तिनाउ विकास बैंकको ३५ प्रतिशत हकप्रदमा आवेदन खुल्यो, जेठ २२ गतेसम्म भर्न पाइने

May 02, 2017 merolagani

बुटवलमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ विकास बैंकले ३५ प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकको हकप्रदमा बैशाख ५ गतेसम्म कायम सेयरधनीले जेठ २२ गतेसम्म आवदेन गर्न पाउनेछन ।



बैंकले हकप्रद निष्काशनका लागि बैशाख ६ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । बैंकको ३५ प्रतिशत हकप्रदमा बैशाख ५ गतेसम्म कायम बैंकका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन ।

तिनाउ बैंकको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकका देशभरिका शाखा कार्यालयका साथै तिनाउ विकास बैंकको कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् ।

बैंकले चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात ११ करोड ९४ लाख ७९ हजार ६०९ रुपैँया बराबरको एक सय रुपैँया अंकित दरका ११ लाख ९४ हजार सात सय ९६ कित्ता हकप्रद निष्काशन गरेको हो ।

तीन जिल्ला कार्यक्षेत्रको बैंकको हाल चुक्ता पूँजी ३४ करोड १३ लाख रुपैंँया रहेको छ । हकप्रद सेयर जारी गरेपश्चात बैंकको चूक्ता पूँजी झण्डै ४६ करोड आठ लाख रुपैँया पुग्नेछ । बैंकले राष्ट्र बैंकले तोकेको ५० करोड चुक्ता पूँजी पुर्याउन हकप्रदको बाटो छनौट गरेको हो । अब बैंकलाई थप तीन करोड ९२ लाख रुपैँया मात्र अपुग हुनेछ ।

तिनाउ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सात करोड ८० लाख ४६ हजार रुपैंया खुद नाफा कमाएको छ ।

comments powered by Disqus

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः शेयर बजारमा देखिएन लचक, असल कर्जाको प्रोभिजन घट्यो

May 17, 2024 11:11 AM

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा केहि लचक नीति लिएको छ। केन्द्रीय बैंकले हायर पर्चेज कर्जाका जोखिम भार घाटाएकाे छ भने असर कर्जामा गर्नुपर्ने प्रोभिजन पनि घटाएको छ।