कार्यक्षेत्र विस्तारसँगै कालिका माइक्रोको ६५ प्रतिशत बोनस पारित

May 07, 2017 merolagani

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक (KMCDB) को सातौँ साधारण सभाले ६५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बैंकले कर बापत १७ लाख १० हजार पाँच सय २६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।



बोनसपछि बैंकको चुक्ता पुँजी आठ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।  हाल बैंकको चुक्ता  पूँजी पाँच करोड रुपैयाँ रहेको छ ।

साथै बैंकले १० जिल्ला कार्य क्षेत्रलाई अन्य पाँच जिल्ला बाग्लुङ, रोल्पा, सल्यान, सुर्खेत र डोटीमा समेत विस्तार गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकबाट “घ” बर्गका लघुवित्त बैंकहरुलाई जारी गरिएको निर्देशन बमोजिम चुक्ता पुँजीको २५ लाख बराबर १ जिल्ला थप गर्न पाइने व्यवस्था बमोजिम कपिलबस्तु, गुल्मी, अर्घाखाँची, लमजुङ, मुस्ताङ, म्याग्दी, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुली, बारा, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, बाजुरा, डडेलधुरा, बैतडी, दैलेख, जाजरकोट, बझाङ, रुकुम, रोल्पा, जुम्ला, मुगु, हुम्ला गरि थप २५ जिल्लामा सेवा विस्तारको लागि प्रबन्ध पत्र नियमावली आवश्यक संशोधन गरेको पनि साधारणसभामा जानकारी गराईयो ।

हाल बैंकले ३८ वटा शाखा मार्फत सेवा प्रदान गरिहेको छ । चालु आर्थिक बर्षको अन्त्यसम्ममा शाखा संख्या ४५ पुर्याउने लक्ष्य राखेको छ ।

...मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। ...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।