एसबिआई बैंकको ४० प्रतिशत हकप्रद सुरक्षित गर्ने र डिप्रोक्स लघुवित्तको शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

May 08, 2017 merolagani

नेपाल एसबिआई बैंक (SBI) ले बिक्री गर्ने ४० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकको हकप्रद लिन ईच्छुक लगानीकर्ताले आज सेयर खरिद गरिसक्नुपर्नेछ । त्यस्तै डिप्रोक्स लघुवित्त(DDBL) ले निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन गर्ने पनि आजै अन्तिम दिन परेको छ ।

नेपाल एसबिआई बैंकले ४० प्रतिशत हकप्रदका लागि बैशाख २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख २५ गते सोमबारसम्म बैंकको सेयरधनी बनेका लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकले चुक्ता पूँजीको ४० प्रतिशतले हुन आउने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ९९ लाख १९ हजार चार सय २३.६० कित्ता हकप्रद जारी गर्न लागेको हो ।

हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरिसकेको छ ।

हाल बैंकको चुक्ता पूँजी चार अर्ब ९७ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा एक अर्ब दश करोड रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९ रुपैँया कायम गरेको छ । एसबीआई बैंकमा भारतको स्टेट बैंक अफ ईण्डियाको बहुमत सेयर लगानी छ ।

त्यस्तै डिप्रोक्स लघुवित्तले निष्कासन गरेको शतप्रतिशत हकप्रदमा आवेदन गर्ने पनि आजै अन्तिम दिन हो । कम्पनीले एक सय रुपैंया अंकित मूल्यमा २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग रहेको छ ।

लघुवित्तको हकप्रदमा नबिल इन्भेष्टको कार्यालय नक्साल, काठमाण्डौं तथा डिप्रोक्स लघुवित्तका सबै शाखाहरुबाट आवेदन दिन सकिनेछ । गत फागुन २ गतेभन्दा अगाडि सेयर किनेका कम्पनीका लगानीकर्ताले हकप्रदमा आवेदन गर्न पाउनेछन । हकप्रद प्रयोजनका लागि कम्पनीले फागुन २ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

अहिले लघुवित्तको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया छ । हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ५१ करोड नाघ्नेछ । गतबर्षको बोनस समेत जोड्दा कम्पनीको पूँजी ६० करोड नाघ्नेछ ।

...मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। ...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।