स्टान्डर्ड चार्टर्डले एफपीओ बाँडफाँड गरेकै भोलिपल्ट यस्तो आयो प्रगति बिबरण

May 09, 2017 Merolagani

स्टान्डर्ड चार्टर्डले थप नयाँ साधारण सेयर अर्थात एफपीओमा आबेदन गर्नेहरुलाई सेयर बाँडफाँड गरेकै भोलिपल्ट चालु आर्थिक बर्षको तेस्रो त्रैमासको बित्तीय बिबरण प्रकाशित गरेको छ । स्टान्डर्ड चार्टर्डको प्रगति गत बर्षको तेस्रो त्रैमास र यस बर्षको सोही अवधिको तुलना गर्दा सुस्त देखिन्छ ।

 

\नोटः रकमलाई करोडमा देखाईएको छ ।

राष्ट्र बैंकको निर्देशन बमोजिम आठ अर्ब चुक्ता पूँजी पुर्याउँनु पर्ने बाध्यतामा रहेको बैंकको प्रगति सुस्त हुँदा लगानीकर्ताले आउने बर्ष पाउने लाभांशमा असर पर्नसक्ने संभावना छ । २५ लाख कित्ता एफपीओ र त्यसबाट आउने प्रिमियमबाट एक बराबर एक कित्ताको दरले बोनस बितरण गर्दा पूँजी धेरै हुन गई प्रति सेयर आम्दानी निकै खुम्चिन जाने देखिन्छ, जसले लगानीकर्ताले पाउने प्रतिफलको अनुपातलाई ह्वात्तै घटाईदिन्छ । अहिले धेरै प्रगति नगरेको बैंकले भोलि एकै त्रैमासमा ह्वात्तै प्रगति गर्ला भन्ने कुरा पत्याउँन गाह्रो छ ।

अहिले उसको प्रति सेयर नेटवर्थ २२९ रुपैयाँ र ईक्विटीमा प्रतिफलको अबस्था घटेर १६.५२ कायम हुन आएकाले एफपीओ र चालु आर्थिक बर्षको बोनस समेत हिसाब गर्दा निकै कम हुन आउँछ ।

बिदेशी ब्यवस्थापन भएको र डलर कारोबार गर्ने नेपालको प्रमुख बैंक भए पनि उसको बृद्धि हुन नसक्नु रहस्यपूर्ण छ । त्यसकारण सो बैंकको एफपीओ र दोस्रो बजारमा उचालिएर आबेदन गर्नु फाईदाजनक नहुने बिश्लेषण मेरोलगानीले गर्दै आएको हो । 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus