स्टान्डर्ड चार्टर्डको एफपीओ नपरेको पैसा शुक्रबारदेखि रकमान्तर हुँदै, जेठ एक बाट चेक बाँडिने

May 10, 2017 Merolagani



स्टाण्डर्ड चार्टर्ड बैंकको थप नयाँ साधारण सेयर (एफपीओ) नपरेको पैसा जेठ एक गतेदेखि फिर्ता हुने भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार २० भन्दा बढी बैंकमा खाता भएका लगानीकर्ताको पैसा भने शुक्रबारदेखि नै रकमान्तर सुरु गरिनेछ ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले दिएको जानकारी अनुसार झण्डै दुई दर्जन बैंकहरुमा लगानीकर्ताको बैंक खाताको विबरण रुजु गर्न पठाइएको छ । ‘बिहीबार साँझसम्ममा जति बैंकहरुले लगानीकर्ताको बैंक खाताको विबरण प्रमाण्किरण गर्छन, ती सबैमा शुक्रबारदेखि सेयर नपरेको पैसा रकमान्तर हुन्छ ।’ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत घिमिरेले मेरोलगानीसँगको कुाराकानीमा भने ।

उनका अनुसार नेपाल क्लियरिंग हाउसको आईपीएस प्रणालीबाट २० भन्दा बढी संस्थामा खाता भएका लगानीकर्ताको सेयर नपरेको पैसा फिर्ता सुरु हुनेछ । कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताको बैंक खाताको विबरण रुजु भएको कागजात क्यापिटलमा पुगेको छैन । बुधबार बुद्धजयन्तीका अवसरमा सार्वजनिक बिदा परेका कारण बैंकहरु बन्द छन् । बिहीबार साँझसम्ममा अधिकांस बैंकले लगानीकर्ताको विबरण पठाउने विश्वास क्यापिटलले लिएको छ ।

रकमान्तर नहुने लगानीकर्तालाई भने जेठ १ गतेदेखि चेक बितरण सुरु गरिने क्यापिटलले जनाएको छ । ‘अहिले धमाधम चेक प्रिन्ट गर्ने काम भैरहेको छ । बैंकहरुले प्रमाण्किरणको कागजात पठाए पछि त्यहाँ छुट्ने लगानीकर्ताको पनि चेक प्रिन्टको काम सुरु हुन्छ ।’ घिमिरेले भने ।

उनका अनुसार झण्डै दुई दर्जन बैंकहरुमा ७० हजारभन्दा बढी लगानीकर्ताको बैंक खाताको विबरण प्रमाणिकरणका लागि पठाइएको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।