सिद्धार्थ इन्स्योरेन्सको २० प्रतिशत हकप्रद कहाँबाट भर्ने ?

May 11, 2017 merolagani

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले बैशाख २८ गते विहीबारदेखि चुक्ता पूँजीको १९.२३ प्रतिशत (५.२ कित्ता बराबर १ कित्ता) हकप्रदमा आवेदन खुला गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको  चुक्ता पूँजी ४४ करोड ८३ लाख पाँच हजार रुपैँया रहेको छ । कम्पनीले एक सय रुपैँया अङ्कित दरको ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ५३ करोड ४५ लाख १७ हजार पाँच सय रुपैयाँ पुग्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । हकप्रदमा लक्ष्मी क्यापिटलका साथै लक्ष्मी बैंकको उपत्यका भित्र महाराजगञ्ज, पुल्चोक शाखा र अन्य उपत्यका बाहिरका शाखाहरुबाट जेठ ३१ गते बुधबारसम्म आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ । इन्स्योरेन्स कम्पनीको बैशाख १४ गतेसम्म सेयर किनेका लगानीकर्ताले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

 

 

बीमा समितिले तोकेको चुक्ता पूँजी एक अर्ब पुर्याउन कम्पनीले आउने एक बर्षभित्र ४३ करोड ४५ लाख १७ हजार रुपैयाँ पूँजी थप्नुपर्नेछ । कम्पनीले पुस मसान्तसम्ममा आठ करोड ३३ लाख ८८ हजार नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक ४८ रुपैयाँ कायम गरेको छ ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।