बजारमा सेयर मूल्य धेरै भएको दोस्रो कम्पनीको कस्तो छ प्रगति ?

May 13, 2017 Merolagani

नेपालको सेयर बजारमा युनिलिभर नेपालपछि सबैभन्दा महंगो सेयर मूल्य भएको राष्ट्रिय बीमा कम्पनी (RBCL)हो, जसको प्रति कित्ता सेयर मुल्य केही दिन अघि २२ हजार रुपैयाँ नाघेकोे थियो । यत्ति धेरै महंगो सेयर मूल्य हुने कम्पनीले यस आर्थिक बर्षको तेस्रो त्रैमासमा प्रगति चाँही कस्तो गर्यो त ?

राष्ट्रिय बीमाले गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड ६४ लाख खुद नाफा गरेकोमा अहिले १० करोडले बढाएर २६ करोड नघाएको छ । यो ६२.५ प्रतिशतको बृद्धि हो तर यहाँ बिचार गर्नुपर्ने कुरा के छ भने यस बर्षको दोस्रो त्रैमासमा भन्दा तेस्रो त्रैमासमा खुद नाफा घटेको छ ।

गत बर्षको तेस्रो त्रैमास भन्दा यस बर्ष खुद बीमा शुल्क आर्जन आठ करोडले घटेर २४ करोडबाट १६ करोडमा सिमित भएको छ । कुल बीमा शुल्क आर्जन गत बर्ष ७४ करोड रहेकोमा यस बर्ष ५९ करोडमा झरेको छ । यसले आगामी दिनमा आम्दानी घट्ने संकेत गर्दछ ।

राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा आकर्षक पक्ष १२ करोड चुक्ता पूँजी र एक अर्ब ९४ करोडको जगेडा कोष, एक अर्ब आठ करोडको बीमा कोष, नबिल, नेपाल ईन्भेष्टमेन्ट लगायतका बैंकहरुको सेयरमा ठूलो स्वामित्व हो । कम्पनीको जगेडा कोषको आकार हेर्दा बोनस पनि धेरै नै देला भन्ने कुरा हालैको साधारणसभाबाट पुष्टि गरेको छ । अहिले प्रति सेयर आम्दानी २०९ रुपैयाँ रहेको अबस्थामा हालै पारित भएको ११५ प्रतिशत बोनसलाई समेत पूँजीकृत गर्दा प्रति सेयर आम्दानी धेरै कम हुनजान्छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २५४१ रुपैयाँ हुनु चााही धेरै राम्रो पक्ष हो । अर्कोतर्फ कम्पनीले बीमा दावी भुक्तानी गर्नुपर्ने दायित्व नभएकाले पनि ढुक्कको अवस्था देखिन्छ ।

कम्पनीको जगेडा कोष धेरै र चुक्ता पूँजी कम, त्यसमा पनि सर्बसाधारणको हातमा धेरै कम सेयर हुँदा सेयर बजारमा माग र आपुर्तिले धेरै ठूलो भुमिका खेल्यो र सेयर मुल्य उचालियो । माग र आपुर्तिको खेल खेल्दा यस कम्पनीको साधारण भन्दा संस्थापक सेयरको मूल्य माथि पुगेको थियो । सामान्यतथा दोस्रो बजारमा संस्थापक भन्दा साधारण सेयरको मूल्य बढी हुन्छ । अब भने लगानीकर्ताहरुले माग र आपुर्तिको अबस्था मात्रै नहेरी अन्य कुराहरु पनि बिचार गर्न थालेका देखिन्छ ।

धेरै सरकारी नियन्त्रण रहेको कम्पनीको संस्थागत सुशासनको अबस्था कमजोर रहि सात बर्षका लेखापरीक्षण र साधारणसभाहरु गर्न बाँकी नै छन् । संस्थागत सुशासन कायम भई बीमा समितिले तोकेको चुक्ता पूँजी एक अर्ब पुर्याउन सकेको अबस्थामा कम्पनी राम्रो हुनसक्छ तर अहिले नै माग र आपुर्तिको खेलमा उचालिएर सेयर किन्दा दीर्घकालीन रुपमा घाटा नै लाग्नसक्छ किनभने पूँजी र खुद नाफा बढाउँदै लगेका अरु बीमा कम्पनीका सेयरहरु तुलनात्मक रुपमा सस्तोमा पाईराखिएको छ ।

भोलि बीमा कम्पनीहरुको संख्या थपिदा प्रतिस्पर्धा बढ्ने, खुद नाफा कमाई कसिलो हुने, जगेडा कोष सकिदै जाने, बोनस र एफपीओ जारी गरेपछि सेयर संख्या पनि बढ्ने र मूल्य घट्ने संभावना छदैछ । अर्कोतर्फ सरकारी कम्पनीको तुलनामा निजी कम्पनीहरुले तीब्र प्रगति गर्ने गरेको उदाहरण हेर्दा पनि मूल्य उचाउलिएर सेयर खरिद गर्दाको लाभ बिचारणीय छ ।

बिगतमा राष्ट्रिय बीमा संस्थानको निर्जिवन बीमा बिभागको रुपमा रहेको कम्पनीले अलग अस्तित्व कायम गरेर राष्ट्रिय बीमा कम्पनी बनेको हो । कम्पनी संक्रमणकालीन अबस्थाबाटै गुज्रिरहेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।