लाइफ इन्स्योरेन्स कर्पाेरेसनको २४.८ प्रतिशत बोनस सुरक्षित गर्ने विहीबार अन्तिम दिन

May 18, 2017 merolagani

लाइफ इन्स्योरेन्स कर्पाेरेसन लिमिटेडको २४.८ प्रतिशत सुरक्षित गर्ने विहीबार अन्तिम दिन हो । इन्स्योरेन्स कम्पनीले जेठ १९ गते बोलाएको वार्षिक साधारण सभामाका लागि शुक्रबारदेखि बुक क्लोज गर्ने भएकाले विहीबारसम्म सेयर किनेका वा पहिलादेखि नै सेयर भएका लगानीकर्ताले प्रस्तावित २४ दशमलव आठ प्रतिशत बोनस तथा एक दशमलव ३० प्रतिशत नगद लाभांस प्राप्त गर्न सक्नेछन् ।

लाइफ इन्स्योरेन्स कर्पाेरेसनले जेठ १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ९ बजे साधारण सभा बोलाएको छ ।

एक अर्ब ६ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडाकोषमा २२ करोड ९८ लाख ९१ हजार रुपैयाँ सञ्चित छ ।

प्रस्तावित बोनस बीमा समिति तथा साधारण सभाबाट पारित भएर बितरण भए पछि उसको चुक्ता पूँजी एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार पाँच सय रुपैंया पुग्नेछ । 

तेस्रो त्रैमास अवधिमा कम्पनीले चार करोड ९८ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी छ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ७२ पैसा कायम गरेको छ । कम्पनीको जीवन बिमा कोषमा ३१ अर्ब ८९ करोड १७ लाख रुपैयाँ जम्मा गरेको छ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus