देव र कैलाश विकास बैंकको लिलामी सेयरमा आवेदन गर्ने विहीबार अन्तिम दिन

May 18, 2017 merolagani

देव विकास बैंक (DBBL) ले वैशाख २८ गते देखि लिलामीमा राखेको छ लाख १७ हजार छ सय १५.३९ कित्ता र वैशाख २० गतेदेखि लिलामीमा राखेको कैलाश विकास बैंक (KBBL) को ७३ हजार पाँच सय ५४ कित्ता सेयरमा बोलपत्र पेश गर्ने विहीबार अन्तिम दिन हो । यसअघि कैलाशले वैशाख २८ गतेसम्म लिलामी खुला गरेपनि तोकोएको समयभित्र बिक्री नभएपछि ७ दिन थप गरेको थियो ।

देवले संस्थापक समूहको तीन लाख ८३ हजार दुई सय ९७.३८ कित्ता र साधारण समूहको दुई लाख ३४ हजार तीन सय ९८.३९ कित्ता सेयरमा लिलामी खोलेको हो । उता कैलाशले संस्थापक समूहको १० हजार नौं सय ८१ कित्ता र साधारण समूहको ६२ हजार पाँच सय ७३ कित्ता सेयरमा शिलबन्दी बोलपत्र खुला गरेको थियो । ईच्छुक लगानीकर्ताले दुबै विकास बैंकको लिलामी सेयरमा विहीबार कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

देवको एनआइबीएल क्यापिटल मार्केट (लाजिम्पाट) र कैलाशको ग्लोबल आइएमई क्यापिटल (जमल) ले सेयर बिक्री प्रबन्धक काम गरेका छन् । यसअनुसार लिलामीको सेयरमा आवेदन गर्न सम्बन्धित बैंकको विक्री प्रबन्धककोमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

एक अर्ब ३८ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको देवले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १९.१९ रुपैयाँ कायम गरेको छ । एक अर्ब ९७ करोड ५४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कैलाशले यस अवधिमा ३६ करोड ७९ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४.८४ रुपैयाँ कायम गरेको छ । नेप्सेमा विहीबार देवको प्रतिकित्ता २६५ रुपैयाँ र कैलाशको प्रतिकित्ता ३५२ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।