तपाईलाई स्वदेशी लघुवित्तको सेयर पर्यो कि परेन ? नतिजा हेर्नुहोस्

May 21, 2017 Merolagani



स्वदेशी लघुवित्त वित्तीय संस्थाले आइतबार बाँडफाँड गरेको साधारण सेयरको नतिजा मेरोलगानी डटकममा प्रकाशित भएको छ । तीन लाख कित्ता सेयरका लागि ९२ हजार जनाले आवेदन दिएका थिए । जसमा २५ हजार ३० जनालाई मात्र सेयर बाँडफाँड गरिएको छ । तपाईलाई सेयर पर्यो कि परेन यसरी हेर्नुहोस् ।

मेरोलगानीको शिर्ष स्थानमा रहेको IPO मा गई IPO Result मा क्लिक गरेर Swadeshi Laghubitta छान्नु होस् । मागिएको विबरण भरेर सेयर परे नपरेको थाहा पाउनु होस् । यस पटकबाट हितग्राही खाता नम्बरका आधारमा नतिजा प्रकाशन गरिएको छ । आवेदन नम्बरका आधारमा नतिजा हेर्न नसकिने व्यहोरा प्रष्ट पारिन्छ ।

पहिलो बक्समा हितग्राही खाता नम्बर मात्र उल्लेख गरेर पनि सेयर परे् नपरेको थाहा पाउन सकिन्छ ।

 

स्वदेशीको आईपीओमा ५० कित्तादेखि ११ सय २० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ । ११ सय ३० कित्तादेखि १२ सय ८० सम्मका आवेदकले अनिवार्य रुपमा १० कित्ता सेयर पाएका छन । त्यसभन्दा माथि १२ सय ९० कित्ता देखि १३ सय ९० कित्तासम्म आवेदन गर्नेले ११ कित्ताका दरले सेयर पाएका छन भने सबैभन्दा बढी १५ सय कित्तासम्म आवेदन गर्नेले १२ कित्ताका दरले सेयर पाएका छन ।

कम्पनीको आइपीओमा कुल ९२ हजार २२ जनाले आवेदन परेकोमा १२ सय ६ जनाको आवेदन रद्द भएको छ ।
स्वदेशीले चैत २५ देखि २९ गतेसम्म एक सय रुपैयाँ दरको ३ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । जसमध्ये १२ हजार कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

तीन करोड रुपैयाँको आईपीओ जारी गरेपछि स्वदेशी लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ । आईपीओ बिक्रीपछि कम्पनीको संस्थापक सेयर धनीको ७० तथा साधारण सेयरधनीको सेयर अनुपात ३० प्रतिशत कायम भएको छ ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।