दोहोरो अंकले घटेको बजारमा सिद्धार्थ बैंकको किन भयो उच्च कारोबार ?

May 28, 2017 merolagani

आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । होटल र अन्य बाहेक सबै समूह ओरालो लागेपछि बजार घटेको हो । यसदिन सिद्धार्थ बैंकको सबैभन्दा धेरै रकमको सेयर किनबेच भएको छ ।


आइतबार नेप्से १४ अंकले घटेर १६१५.५८ अंकमा आईपुगेको छ । यसदिन १४८ कम्पनीको ७५ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । वाणिज्य बैंक समूहमा ३६ करोड बढीको सेयर कारोबार हुँदा सिद्धार्थ बैंकको मात्रै ११ करोड बढीको सेयर किनबेच भएको छ । 

सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम भएकोले यसको उच्च कारोबार भएको हो । सिद्धार्थको सेयर मूल्य प्रतिकित्ता ६७० रुपैयाँ रहेको छ । त्यस्तै, स्ट्याण्डार्ड चार्टर्ड बैंकको ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका दुई समूहको परिसूचक उकालो लागेको छ भने बाँकी ६ वटा समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३४ अंकले झरेको छ । उत्पादन मूलक १.५, जलविद्युत १.३५ र बैंक १.१७ अंकले घटेका छन्।

बजार खुल्ने वित्तिकै ओरालो लागेको बजार एकघण्टापछि केही फर्कन खोजेको थियो। तर यसले निरन्तरता पाउन नसक्दा बजार राताम्मै हुन पुग्यो।

आइतबार सबैभन्दा धेरै आरएसडिसी लघुवित्त वित्तिय संस्थाको आठ प्रतिशतले शेयर मूल्य बढेको छ। सबैभन्दा धेरै बोटलर्स नेपाल तराईका लगानीकर्ताले झन्डै छ प्रतिशत गुमाएका छन्।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।