साईन रेसुङ्गा र फेवा विकास बैंकले सेयरधनीलाई भने :– 'बोनस बापतको कर बुझाउ'

May 29, 2017 merolagani



साईन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले गत आर्थिक बर्षमा प्रदान गरेको २७ प्रतिशत बोनस बापतको सेयर बुझाउन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले २०७३ जेठ २९ गते पश्चात सेयर खरिद गरेका सेयरधनीहरुलाई बोनस वापतको कर तिर्नुपर्ने भन्दै कर तिर्न भनेको छ ।

बैंकले बोनस सेयर बापत तिर्नुपर्ने कर रकम सम्बन्धि विवरण बैंकको वेभसाईट www.srdb.com.np तथा बैंकको सेयर रजिष्ट्रार एनआईबिएल क्यापिटलको वेभसाईट www.niblcapital.com बाट समेत कर रकम हेर्न सकिने जनाएको छ । बैंकले गत मंसिर १४ गतेसम्म सेयर अभौतिकिकरण (डिम्याट) गरेका लगानीकर्ताहरुलाई उनिहरुकै डिम्याट खातामा नै बोनस सेयर जम्मा गरिसकेको र त्यसपछि डिम्याट गरेका लगानीकर्ताहरुको बोनस सेयर समेत हितग्राही खातामा नै जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि सेयर अभौतिकिकरण नगरेका सेयरधनीलाई सेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल वा अन्य निक्षेप सदस्यहरुमार्फत आफुसँग भएको सेयर सेयर डिम्याट गराउन भनेको छ । साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको मंसिर २९ गते सम्पन्न भएको आठौं बार्षिक साधारणसभाले २७ प्रतिशत बोनस प्रस्ताव पारित गरेको थियो ।

उता फेवा विकास बैंकले पनि गत आर्थिक बर्षमा प्रदान गरेको २०.६० प्रतिशत बोनस बापतको कर बुझाउन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले बोनस सेयर प्राप्त गर्न सेयरधनीहरुलाई आफ्नो बोनस वापतको कर तिर्नुपर्ने भन्दै यथाशिघ्र जम्मा गर्न भनेको छ । सो कर वापतको रकम भुक्तानी गरेपछि मात्र लगानीकर्ताको खातामा जम्मा गरिने भन्दै बैंकले सेयर रजिष्टार प्रभु क्यापिटल कमलादीमा कर बुझाउन भनेको हो । बैंकले बोनस सेयर बापत तिर्नुपर्ने कर रकम सम्बन्धि विवरण बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटलको वेभसाईट www.prabhucapital.com बाट समेत हेर्न सकिने जनाएको छ ।

बैंकले गत भदौ २५ गतेसम्म सेयर अभौतिकिकरण (डिम्याट) गरेका लगानीकर्ताहरुले बोनस वापतको कर तिर्नु नपर्ने भएकाले उनिहरुकै डिम्याट खातामा नै बोनस सेयर जम्मा गरिसकेको र अन्य सेयरधनीलाई भौतिक रुपमा नै बोनस सेयर प्रमाणपत्र जारी गरेको हुँदा जेठ १६ गतेदेखि सेयर रजिष्टार प्रभु क्यापिटल कमलादीमबाट बाँड्ने भएको छ । आफै उपस्थित हुन नसक्ने लगानीकर्ताले मञ्जुरीनामा सहित परिचय पत्रको साथ आउन भनेको छ ।
फेवा बैंकको पुस २९ गते सम्पन्न भएको नवौं बार्षिक साधारणसभाले २०.६० प्रतिशत बोनस प्रस्ताव पारित गरेको थियो । 

पछिल्ला दिनहरुमा धेरै बैंकहरुले साधारणसभाबाट बोनस सेयरमा लाग्ने करबापतको नगद लाभांश रकम पनि पारित गराएपनि अझैपनि केही बैंकहरु भने सेयरधनीहरुलाई नै कर तिर्नुपर्ने झण्झटबाट उन्मुक्ति दिन संकिर्ण मानसिकता राख्दै आएका छन् । 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 




नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार

Sep 23, 2025 01:48 PM

नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज(नेप्से)का कर्मचारीले मङ्गलवार भाँड भैलो गरेका छन्। नव नियुक्त नेप्सेका अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गर्दै भाड भैलो गरिरहेका हुन्।