सांग्रिलाले कसमसलाई लिने, नेपाल कम्युनिटीलाई नकिन्ने

Jun 04, 2017 merolagani

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) को साधारणसभाले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव अस्विकार गरेको छ ।सांग्रिलाले १२ औ साधारणसभामा कसमस डेभलपमेण्ट बैंक र नेपाल कम्युनिटी डेभ्लपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रस्ताव लगेको थियो ।

सांग्रिलाको साधारणसभाले नेपाल कम्युनिटी डेभ्लपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव अस्विकार गरेपनि कसमस डेभलपमेण्ट बैंकलाई भने प्राप्ति गर्ने भएको छ ।

साङ्ग्रिलाले कसमस डेभलपमेन्ट बैंकलाई एक बराबर एक कित्ता सेयर अनुपातमा प्राप्ती गर्ने भएको हो । 

हाल साङ्ग्रिलाको चुक्ता पूँजी एक अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको छ । बैंकले गतबर्षको मुनाफाबाट १६ दशमलव शुन्य ७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । बोनस समेत गर्दा बैंकको पूँजी एक अर्ब २४ करोड रुपैयाँ पुग्ने छ ।

साङ्ग्रिलाले साधरणसभामा दुई विकास बैंक प्राप्ति गरेपछि ८० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव लगेकोमा अब कसमसलाई प्राप्ति गरेपछि कायम हुने पूँजीको ८० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको जानकारी दिएको ।

कसमसलाई प्राप्ति गरेपछि साङ्ग्रिलाको चुक्तापूँजी एक अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुग्नेछ । जसको ८० प्रतिशत हकप्रद बिक्री गरेपछि बैंकको पूँजी २ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

राष्ट्रियस्तरको विकास बैंकले असारसम्ममा दुई अर्ब ५० करोड चुक्तापूँजी पुर्याउनुपर्ने हुन्छ । अपुग पूँजी बैंकले चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने देखिन्छ ।

सांग्रीलाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमम्ममा बैंकले २४ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३०.४२ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।