१०.७ मेगावाटको अपर सानीगाड जलविद्युत आयोजनामा चार वाणिज्य बैंकले लगानी गर्ने

Jun 05, 2017 merolagani

बुङ्गल हाइड्रो पावरले बझाङमा निर्माण गर्न लागेको १०.७ मेगावाटको अपर सानीगाड जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । सो आयोजनामा सिभिल बैंकको अगुवाईमा चार वाणिज्य बैंकले १ अर्ब ३६ करोड ऋण लगानी गर्ने भएका छन ।



ऋण लगानी सम्बन्धि सम्झौतामा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङ र बुङ्गलको तर्फबाट अध्यक्ष उमेश श्रेष्ठले  हस्ताक्षर गरेका छन् ।

सानीगाडमा सिभिल बैंक, प्रभु बैंक, नेपाल इन्मेष्टमेन्ट बैंक र लक्ष्मी बैंकले लगानी प्रतिबद्धता जनाएका हुन ।

आयोजना निर्माण गर्न १ अर्ब ८१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा चार वाणिज्य बैंकले १ अर्ब ३६ करोड ऋण लगानी गर्ने भएका छन भने बाँकी रकम प्रवद्र्धकले स्वपुँजी लगानी गर्ने भएका छन् ।

सम्झौता अनुसार बैंकहरुले ७५ प्रतिशत र प्रबद्धकले २५ प्रतिशत लगानी गर्ने छन । 

बझाङमा रहेको आयोजना आगामी सन् २०१९ को सेप्टेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही समूहले ३८ मेगावाटको माथिल्लो कलंगा र १५ मेगावाटको कालंगा आयोजनामा लगानी जुटाई निर्माण सुरु गरिसकको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।