छिमेकी छ देशले सम्बन्ध तोडेपछि एकैदिन आठ प्रतिशतले घट्यो कतारको सेयर बजार

Jun 05, 2017 Merolagani



खाँडी अर्थतन्त्रको बलियो देश मानिने कतारसँग छिमेकी छ देशले एकसाथ कुटनीतिकलगायतका सबै खाले सम्बन्ध तोडेपछि त्यहाँको अर्थतन्त्रमा गंभीर धक्का लागेको छ ।

 

 

बढ्दो तनावका बीच कतारको सेयर बजार सोमबार एकैदिन आठ प्रतिशतले घटेको छ ।


कतार स्टक एक्सचेन्जमा सोमबार ७.९७ प्रतिशतले तीब्र गिरावट आई सूचक ९,१९२ मा झरेको छ । त्यस्तै खाडीका अन्य देशहरुको सेयर बजारमा समेत उल्लेखनीय गिरावट आएको गल्फ न्युजले जनाएको छ ।

अतिबादीलाई सहयोग गरेको भन्दै कतारसँग साउदी अरेबिया, बहराईन, युनाईटेड अरब ईमिरेट्स, लिबिया र ईजिप्टले नाकाबन्दीकै शैलीमा सम्बन्ध बिच्छेद गरेका छन्  । यी देशहरुले कतारसँगको हवाई, स्थल र जलसम्पर्क समेत बन्द गरेका छन् । 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।