सार्क राष्ट्रहरुमध्ये कर छुटमा पनि नेपाल पहिलो

Jun 13, 2017 merolagani

सार्क मुलुकहरु मध्ये कर छुट दिनेमा नेपाल सबैभन्दा बढी उदार देखिएको छ । ग्लोवल ट्रयाक्स रेट सर्भेले कर छुटको रकम र प्रतिव्यक्ति आयको अनुपात सार्कका अन्य मुलुकको तुलनामा नेपालमा उच्च रहेको देखाएको हो ।


नेपालमा कर छुटको रकम र प्रतिव्यक्ति आयको अनुपात ३.४४ प्रतिशत छ भने त्यसपछि बढी भएको मुलुक पाकिस्तानको २.७९ रहेको छ । सबै भन्दा कम श्रीलंकाको १.०३ रहेको छ ।

त्यसैगरी सबैभन्दा कम श्रीलंकाको १.०३, भारतको २.३१ र बंगलादेशको २.२६ छ । सार्कका ८ मुलुकमध्ये ५ वटामात्र अध्ययनमा समेटिएका छन् ।

कारोबार दैनिकका अनुसार व्यक्तिगत आयकरतर्फको सीमान्त दर पनि नेपालकै उच्च रहेको पाइएको छ । यद्यपि, सार्क मुलुकहरूमा प्रतिव्यक्ति आय भने नेपालको सबैभन्दा कम छ ।

करको उच्च सीमान्त दर पनि भारतपछि नेपालको उच्च छ । यस्तो दर नेपालमा ३५ छ भने भारतमा ३५.५४ छ । त्यसैगरी बंगलादेशमा ३०, पाकिस्तानमा २० र सबैभन्दा कम श्रीलंकामा १५ छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।