काठमाडौ चक्रपथ भित्र मोटरसाईकल चलाउन प्रतिबन्धकोे तयारी !

Jun 16, 2017 Merolagani



सरकारले काठमाडौको चक्रपथ भित्र मोटरसाईकल संचालनमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । यातायात ब्यवस्था बिभागले सवारी दुर्घटना तथा यातायात अबरोधको अबस्थामा कमी ल्याउन माोटरसाईकल संचालन बन्द गर्ने तयारी गरेको अधिकारीहरुले जनाएका छन् ।

 

शहरी सवारी ब्यवस्थापनमा साना सवारी नै मुख्य बाधक रहेको ठहर गर्दै रिंगरोड भित्र मोटरसाईकल प्रबेश निषेध गर्ने बारेमा यातायात ब्यवस्था बिभागले छलफल अगािड बढाएको छ । मोटरसाईकलमा प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी साधान सर्बसुलभ बनाईने बिभागले जनाएको कारोबार दैनिकले छापेको छ ।

यातायात ब्यवस्था बिभागका महानिर्देशक रुपनारायाण भट्टराईले मोटरसाइृकल हटाउने बिषयले आम मानिसमा आवत जावत कसरी गर्ने भन्ने प्रश्न स्वभाविक रुपमा उठ्ने भए पनि सार्वजनिक सवारीको सरल र सहज उपलब्धताको ग्यारेन्टी गरिने बताएका छन् ।

काठमाडौ उपत्यकामा पाँच लाख मोटरसाईकल र तीन लाख अन्य सवारी साधन रहेको आँकलन गरिएको छ । उपत्यकामा ४० लाख भन्दा बउी मानिसको बसोबार रहेको र सार्वजनिक सवारी साधन उपयोग गर्नेको संख्या बढ्दै गएको सरकारी अधिकारीहरुको भनाई छ ।


फोटोः र्इन्टरनेटबाट लिईएका हो।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।