काठमाडौ चक्रपथ भित्र मोटरसाईकल चलाउन प्रतिबन्धकोे तयारी !

Jun 16, 2017 Merolagani



सरकारले काठमाडौको चक्रपथ भित्र मोटरसाईकल संचालनमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । यातायात ब्यवस्था बिभागले सवारी दुर्घटना तथा यातायात अबरोधको अबस्थामा कमी ल्याउन माोटरसाईकल संचालन बन्द गर्ने तयारी गरेको अधिकारीहरुले जनाएका छन् ।

 

शहरी सवारी ब्यवस्थापनमा साना सवारी नै मुख्य बाधक रहेको ठहर गर्दै रिंगरोड भित्र मोटरसाईकल प्रबेश निषेध गर्ने बारेमा यातायात ब्यवस्था बिभागले छलफल अगािड बढाएको छ । मोटरसाईकलमा प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी साधान सर्बसुलभ बनाईने बिभागले जनाएको कारोबार दैनिकले छापेको छ ।

यातायात ब्यवस्था बिभागका महानिर्देशक रुपनारायाण भट्टराईले मोटरसाइृकल हटाउने बिषयले आम मानिसमा आवत जावत कसरी गर्ने भन्ने प्रश्न स्वभाविक रुपमा उठ्ने भए पनि सार्वजनिक सवारीको सरल र सहज उपलब्धताको ग्यारेन्टी गरिने बताएका छन् ।

काठमाडौ उपत्यकामा पाँच लाख मोटरसाईकल र तीन लाख अन्य सवारी साधन रहेको आँकलन गरिएको छ । उपत्यकामा ४० लाख भन्दा बउी मानिसको बसोबार रहेको र सार्वजनिक सवारी साधन उपयोग गर्नेको संख्या बढ्दै गएको सरकारी अधिकारीहरुको भनाई छ ।


फोटोः र्इन्टरनेटबाट लिईएका हो।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।