एभरेष्ट ईन्स्याोरेन्सले २० प्रतिशत बोनसपछि ६०० प्रतिशत हकप्रद बिक्री गर्ने

Jun 16, 2017 Merolagani

काठमाडौ । एभरेष्ट ईन्स्योरेन्स(EIC)ले चुक्ता पूँजी बढाउन २० प्रतिशत बोनस सेयर र त्यसपछि ६०० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । एभरेष्ट ईन्स्योरेन्सको असार १ गते बसेको संचालक समिति बैठकले पाँच वटा बार्षिक साधारणसभा एकैपटक असार २३ गते आयोजना गर्ने निर्णय गर्दै बोनस तथा हकप्रदको प्रस्ताब गरेको हो ।

कम्पनीले २०७१ चैत्र १२ गतेको साधारणसभाबाट पारित भएको १५० प्रतिशत हकप्रदलाई परिमार्जन गरी ६०० प्रतिशत हकप्रदको प्रस्ताब ल्याएको हो । हाल १० करोड चुक्ता पूँजी रहेको एभरेष्टको चुक्ता पूँजी बीमा समितिको निर्देशन अनुसार २०७५ असार मसान्तसम्ममा एक अर्ब पुग्नुपर्नेछ ।

२० प्रतिशत बोनस र त्यसपछिको ६०० प्रतिशत हकप्रदले उसको पूँजी ८४ करोड मात्र पुग्नेछ । बाँकी पूँजी चालु आर्थिक बर्ष र अर्को बर्षको बोनसबाट पुर्याउने लक्ष्य उसले राखेको देखिन्छ । यस पटक घोषणा गरिएको बोनस पाउन र साधारणसभामा भाग दिन असार ८ गतेसम्ममा सेयर किनिसक्नु पर्ने भएको छ ।

केही बर्ष अघि संकटग्रस्त अबस्थामा पुगेर क्रमशः सुध्रिदै आएको एभरेष्टले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड खुद नाफा कमाएको छ । उसको जगेडा कोषमा ११ करोड र बीमा कोषमा १५ करोड रुपैयाँ छ । १५० प्रतिशत हकप्रद वापतको अग्रिम रकम संस्थापक समूहमा पर्ने सेयरधनीहरुले जम्मा गरिसकेकाले त्यो कल ईन एडभान्समा रहेको छ । अब हक्रप्रदको प्रतिशत बढेकाले उनीहरुले थप रकम जम्मा गर्नुपर्ने भएको छ ।

एभरेष्ट इृन्स्योरेन्स केही बर्ष अघि नक्कली अग्नि बीमा दावी भुक्तानी काण्डले थला बसी बीमा समितिको कारबाहीमा परे पनि हालैका बर्षहरुमा उसको अबस्था सुधार हुँदै गएको छ ।

एभरेष्ट ईन्स्योरेन्सका सबै सेयर साधारण सेयर रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।