हिमालयन पावरको आईपीओ बाँडफाँडमा नयाँ निर्देशिका लागू हुने पक्का, तीन दिनमा पौने चार अर्बको आवेदन

Jun 19, 2017 Merolagani

हिमालन पावरले निष्काशन गरेको २१ लाख ३० हजार ८३४ कित्ता सेयरका लागि झण्डै १८ गुणा बढी सेयर आवेदन परेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कुल ६३ हजार सात सय ९२ वटा आवेदनबाट तीन अर्ब ८० करोड २४ लाख सात हजार रुपैंयाको सेयर माग भएको हो ।

क्यापिटलले दिएको जानकारी अनुसार आस्बा प्रणालीबाट मात्र कम्पनीको सेयरमा दुई अर्ब ९५ करोड ११ लाख २९ हजार रुपैंयाको सेयर आवेदन परेको छ । यसरी हेर्दा साधारण प्रकृयाबाट झण्डै ८५ करोड रुपैंयाको मात्र सेयर आवेदन परेको छ ।

आवेदन संख्याका आधारमा पनि आस्बाट ४३ हजार आठ सय आवेदन परेको छ भने सामान्य प्रकृयाबाट झण्डै २१ हजार वटा मात्र आवेदन परेको छ ।

धितोपत्र बोर्डका अनुसार नयाँ निर्देशिका अनुसार नै हिमालयन पावरको सेयर बाँडफाँड हुनेछ । सेयर निष्काशन बन्द भएको मितिले कम्तीमा ३० दिनमा बाँडफाँड गर्दा साउन पहिलो साता पुग्ने भन्दै बोर्डले नयाँ निर्देशिका अनुसार सेयर बाँडफाँड हुने प्रष्ट पारेको हो ।

बोर्डका सहायक प्रवक्त निरञ्जय घिमिरेले मेरोलगानीसँगको कुराकानीमा भने, ‘नयाँ निर्देशिका अनुसार सेयर बाँडफाँड हुने पक्का हो । साउन १ गतेभन्दा पछाडि बाँडफाँड हुने सबै सेयरमा नयाँ निर्देशिका लागु हुन्छ ढुक्क हुनुहोस् , यसमा कुनै शंका गर्नु पर्ने ठाउँ छैन ।’

हिमालयन पावर पार्टनरको आईपीओ भर्ने आज अन्तिम दिन, कसरी गर्ने आवेदन ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।