सानिमा बैंकको लिलामीको सेयरमा कहाँबाट कहिलेसम्म आवेदन गर्ने ?

Jun 21, 2017 merolagani

सानिमा बैंक (SANIMA) ले असार १५ गतेदेखि हकप्रदमा अवितरित सेयर लिलामी गर्ने भएको छ । बैंकले हकप्रद निश्कासन गर्दा आबेदन नपरेको साधारणतर्फको दुई लाख ११ हजार ४७ कित्ता सेयर लिलामी बिक्री गर्न लागेको हो ।

सानिमा बैंकको लिलामी सेयर सर्कान इच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रबन्धक सीबीआईएल क्यापिटल लिमिटेड मार्फत असार २२ गते ३ बजेसम्म  बोलपत्र पेश गर्न सक्नेछन् । लिलामी गर्दा न्यूनतम एक सय रुपैयाँ तथा एक सय कित्ताको लागि बोलकबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।

प्राप्त बोलपत्रहरु असार २३ गते दिउँसो २ बजे क्यापिटलको कार्यालय बाटुलेघर डिल्लीबजार काठमाडौंमा खुला गरिने बैंकले जनाएको छ ।

सानिमाले बैशाख १७ गतेदेखि जेठ २१ गतेसम्म ३० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । सानिमा बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ९४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २३.९५ रुपैयाँ कायम गरेको छ ।

बैंकको सेयर नेस्पेमा मंगलबार  प्रतिकित्ता  ४३१ रुपैयाँमा कारोबार भएको थियो । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।