जनताले किनेको सिद्धार्थ डेभलपमेन्टको साढे आठ लाख कित्ता सेयर लिलामीमा

Jun 21, 2017 merolagani

जनता बैंकसँग एक बराबर एक अनुपातमा एक्वायरमा गएको सिद्धार्थ डेभलपमेन्ट बैंक (SDBL) ले असार १४ गतेदेखि आठ लाख ५७ हजार चार सय ३७ कित्ता सेयरको लिलामी गर्ने भएको छ ।

बैंकले संस्थापक समूह तर्फको चार लाख पाँच हजार ८८८ दशमलव ४५ कित्ता तथा सर्वसाधारण समूहतर्फको चार लाख ५१ हजार ५४८ दशमलव ५६ कित्ता सेयरको लिलामी गर्ने भएको हो । 

सिद्धार्थ डेभलपमेन्टको सेयर विक्री प्रबन्धक नबील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लिलामी सेयर सकार्न ईच्छुक लगानीकर्ताले विक्री प्रबन्धकको कार्यालय नारायणचौर नक्सालमा यही असार १४ देखि २१ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकार्तालेलिलामी गर्दा न्यूनतम एक सय कित्ता वा अधिकतम सबै कित्तासम्मको लागि समेत आवेदन गर्न सक्नेछन् । त्यस्तै न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढि मूल्य अंकित गरि बोलकबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । अधिकतम मूल्यमा अंकित गर्ने बोलकबोलदातालाई प्राथमिकता दिएर सेयर बाँडफाँड हुनेछ ।

प्राप्त बोलपत्रहरु असार २३ गते दिउँसो १ बजे क्यापिटलको कार्यालय नारायणचौर नक्साल काठमाडौंमा खुला गरिने बैंकले जनाएको छ । लिलमीमा सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई क्यापिटलले सेयर बाँडफाँड भएको तेस्रो दिनदेखि क्यापिटलको कार्यालय वा सोझै नेपाल क्लियरिङ्ग हाउसको आईपीएस प्रणालीमार्फत खातामा नै फिर्ता गर्नसक्ने जनाएको छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकले बैशाख ७ गतेदेखि जेठ १० गतेसम्म ६० प्रतिशत बराबरको ८५ लाख १५ हजार पाँच कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २७.०९ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।