नेप्सेमा सुधार, बढेन कारोबार

Jun 21, 2017 merolagani

अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको सेयरबजार परिसूचक नेप्से बुधबार भने सामान्य उकालो लागेको छ । बजार सामान्य बढेपनि कारोबार रकम भने खस्कियो । अघिल्लो दिनको तुलनामा बुधबार कारोबार रकममा १२ करोडले कमी आएको छ ।

बुधबार नेप्से ३.६२ अंकले बढेर १५५४.६९ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका जलविद्युत, फाइनान्स, उत्पादन र अन्य समूह नकारात्मक रहेपनि वाणिज्य बैंक लगायत विकास बैंक, जलविद्युत, होटल र विमा समूह सकारात्मक रहेपछि समग्र नेप्से सामान्य बढेको हो ।

 

यसदिन १५२ कम्पनीको करिब ४६ करोड ७५ लाख बराबरको सेयर किनबेच भयो । कारोबार रकमको अघिल्लो दिनको भन्दा १२ करोड कम हो ।


बुधबारको सेयरबजारमा एभरेष्ट बैंकको सबैभन्दा धेरै चार करोड बढीको सेयर कारोबार भयो । एभरेष्ट बैंकको ३३ प्रतिशत हकप्रदपश्चात आजै मात्र सेयरमूल्य समायोजन भएको थियो । त्यस्तै स्ट्याण्र्डड चार्टर्ड बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको पनि दुई करोड बढीको सेयर किनबेच भयो ।

यसदिन फरवार्ड वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढीले उकालो लागेको छ । कर्णाली डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स, मितेरी डेभलपेमेन्ट लगायतको सेयरमूल्य पनि सामान्य बढेको छ ।

हिमालयन डिष्टलरीका लगानीकर्ताले सबैभन्दा धेरै सात प्रतिशतले गुमाएको बजारमा सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, काबेली विकास बैंक लगायतको कम्पनीको सेयरमूल्य घटेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।