रिलायबल माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद असार २५ देखि

Jun 22, 2017 merolagani

रिलायबल माइक्रोफाइनान्स (RMFL) ले असार २५ गतेदेखि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । लघुवित्तले दुई बराबर एक कित्ताको अनुपातमा दुई करोड ८२ लाख ५० हजार बराबरको दुई लाख ८२ हजार ५ सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

माइक्रोफाइनान्सको सेयर बिक्रि प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

सेयरधनीले सिभिल क्यापिटलको कार्यालय सुन्धारा, रिलायबल माइक्रोफाइनान्स र रिलायबल डेभलपमेन्ट बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने क्यापिटलले जनाईएको छ । असार २५ गते निष्काशन खुला भएको कम्पनीको हकप्रद श्रावण २९ गते बन्द हुनेछ ।

हकप्रद प्रयोजनको लागि माइक्रोफाइनान्सले असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेकाले असार १५ गते सम्म कायम शेयरधनीले हकप्रदको लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको गत मङ्सिर १९ सम्पन्न साधारण सभाले ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ५ करोड ६५ लाख रहेको छ । हकप्रद निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड ४७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा लघुवित्त कम्पनीले एक करोड एक लाख ७७ हजार खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४.०२ रुपैयाँ कायम गरेको छ ।

लमजुङ्गमा केन्द्रिय कार्यालय रहेको लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीको सेयर नेप्सेमा प्रतिकित्ता २७४० रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।