आईएमई डिजिटललाई राष्ट्र बैंकले दियो पेमेण्ट गेटवेको अनुमति

Jun 22, 2017 Merolagani

आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको “भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२” बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो ।

आईएमई डिजिटलले “आईएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउने विज्ञप्तीमा उल्लेख छ । यो प्रणालीबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

आईएमई डिजिटलको चाँडै नै आईएमई पे सेवालाई सञ्चालनमा ल्याउने योजना रहेको बताइएको छ । सो प्रणालीबाट सेवाग्राहीलाई दर्ता गर्ने, मोबाइल मार्फत् तत्कालै पैसा पठाउने र प्राप्त गर्ने, बिलहरूको भुक्तानी गर्ने, रकम ट्रान्सफर गर्ने, विद्यालय र कलेजका शुल्कहरू भुक्तानी गर्ने देखि अनलाइनभन्दा बाहिर रहेका रेस्टुरेन्ट, ग्रोसरी र डिपार्टमेन्ट स्टोरहरूका साथै साना ठूला खुद्रा पसलहरूमा अफलाइन नै भुक्तानी गर्न सकिने बताइएको छ ।

आईएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालले आईएमईको व्यापक सञ्जाल अन्तर्गत रहेका विद्यमान ६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरू, आईएमई समूह अन्तर्गतका २ हजार भन्दा बढी बिक्री केन्द्रहरू का साथै सञ्जाल बाहिर रहेका हजारौँ आउटलेटहरू मार्फत सेवा उपलब्ध गराउने बताए ।

आईएमई डिजिटलले अन्तर्राष्ट्रिय स्तरको आर्किटेक्चर प्रणालीमा आधारित गुणस्तरीय वालेट प्लेटफर्म विकास गरिसकेको छ । यसमा देशव्यापी मोबाइल मनी अपरेसनका लागि आवश्यक सहजताका साथै अत्यन्त सुरक्षित रूपमा कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।