संघले राष्ट्र बैंकका उच्च अधिकारीहरुसित बिहीबार भेटवार्ता गरी मार्जिन कल बढाएर ७० प्रतिशत कायम गर्न आग्रह गरेको छ। हाल सेयर धितोवापत कुल मूल्याङ्कनको ५० प्रतिशत मात्रै कर्जा प्रवाह हुने व्यवस्था छ । त्यस्तै संघले सेयर धितोमा कर्जाको सीमा बढाएर ५ प्रतिशत कायम गर्न सुझाब दिएको छ ।
शेयर बजारलाई उत्पादन क्षेत्रभनि प्रष्ट रुपमा किटान गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई नाफामुखि भन्दा सेवामुखि बनाईनुपर्ने, बैंक तथा वित्तीय संस्थाले पूँजी बढाउदा बोनस मात्र दिनुपर्ने लगायतका सुझाब संघले राखेको छ ।
साथै संघले राष्ट्र बैंकले लगानीकर्तालाई सचेतनामुलक कार्यक्रमहरु ल्याउनुपर्ने, बैंकहरुलाई सेयर दलाल लाईसेन्स दिनुपर्ने लगायतका दश बुँदे सुझाब पेश गरेको छ ।