बजारमा ४३२ मै पाइने एनआईसी एशियाको सेयरलाई लिलाममा कसले हाल्यो ६१३ रुपैयाँ ?

Jun 23, 2017 merolagani

एनआईसी एशिया बैैंक (NICA)को हकप्रदमा नबिकेको २ लाख ९८ हजार ५ सय ३६ कित्ता साधारण सेयर शुक्रबार लिलाम भएको छ । विहीबार दोस्रो बजारमा प्रतिकित्ता ४३२ रुपैयाँ सेयरमूल्य रहेको बैंकको सेयर लिलामीमा अधिकत्म ६१३ रुपैयाँसम्ममा बिक्री भएको छ ।

बैंकको लिलामीको सेयरमा ६ जना आवेदकले प्रतिकित्ता ५९० रुपैयाँदेखि ६१३ रुपैयाँसम्म मूल्य कबुलेर सकारेका छन । उनीहरुको नाम भने गोप्यनियताका कारण यहाँ उल्लेख गर्न सकिएन ।

प्रारम्भिक विवरण अनुसार ४११ रुपैयाँ माथि मूल्य कबुल्ने ३९१ जनाले सेयर पाएका छन । बैंकको लिलामीको सेयर खरिदका लागि २ हजार ३०५ जना आवेदकले बोलपत्र पेश गरेका थिए ।

बैंक संचालक समितिले लिलाम नतिजालाई अनुमोदन गरेको तीन दिनपछि सेयर नपाउने आवेदकले पैसा फिर्ता लैजान सक्ने एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

बैंकले असार १ गतेदेखि साधरणतर्फको सेयरको लिलामी खुला गरेको थियो । हकप्रदमा संस्थापक समुहतर्फको भने सबै सेयर बिक्री भएको थियो ।

बैंकले गत चैत १६ देखि बैशाख १९ गतेसम्म विक्री गरेको १५ प्रतिशत हकप्रद विक्री गरेको थियो ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।