आईतबार नेप्सेमा ६४ लाख कित्ता सेयर सूचिकृत, कसको कति ?

Jun 25, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा आईतबार एकैदिन दुई विकास बैंकको गरि ६४ लाख आठ हजार ८८ दशमलव ७० कित्ता सेयर सूचिकृत भएको छ । देवः विकास बैंक (DBBL) को बोनस तथा हकप्रद र एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को बोनस सेयर गरि उक्त परिमाणको सेयर सूचिकृत भएको हो ।

आईतबार सूचिकृत भएको सेयरमध्ये देवः विकास बैंकको १२ लाख ३३ हजार ५२३ दशमलव ३१ कित्ता बोनस सेयर रहेको छ ।

आईतबार नै देवःले यसअघि जारी गरेको ५० प्रतिशत हकप्रदको ४४ लाख पाँच हजार ४४० दशमलव ३९ कित्ता हकप्रद सेयर सूचिकृत गराएको छ ।

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले पनि आईतबार नै सात लाख ६९ हजार १२५ कित्ता बोनस सेयर सूचिकरण गरेको छ ।

यस परिमाणको सेयर थपिएसँगै नेप्सेमा २० लाख दुई हजार ६४८ दशमलव ३१ कित्ता बोनस सेयर र ४४ लाख पाँच हजार ४४० दशमलव ३९ कित्ता हकप्रद सेयर बजारमा थपिएको छ । सेयरधनीले अबको एक साताभित्र उक्त सूचिकृत सेयर कारोबार गर्न सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।