नेको इन्स्योरेन्सको हकप्रद र बोनस सेयरधनीको हितग्राही खातामा पठायो, तपाईले पाउनुभयो ?

Jun 26, 2017 merolagani

नेको इन्स्योरेन्स कम्पनी (NIL) ले शतप्रतिशत हकप्रद र गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गरेको २० प्रतिशत बोनस सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

इन्स्योरेन्स कम्पनीले गत  फागुन ३ गतेदेखि चैत ७ गतेसम्म एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरको ३२ लाख ४० हजार ४२६ कित्ता हकप्रद विक्री गरेको थियो । त्यस्तै कम्पनीको पुस २८ गतेको साधारण सभाले २० प्रतिशत बोनस पारित गरेको थियो । 

कम्पनीले हितग्राही खाता उपलब्ध गराउन बाँकी रहेका सेयरधनीहरुलाई हितग्राही खाता उपलब्ध गराउन भनेको छ । हितग्राही खाता उपलब्ध गराएपछि मात्र हकप्रद र बोनस सेयर जम्मा गर्ने भन्दै अहिलेसम्म पनि आफुसँग भएको सेयर अभौतिकिकरण नगरेका सेयरधनीलाई हितग्राही खाता खोलेर सेयर अभौतीकरण गराउन कम्पनीले अनुरोध गरेको छ ।

३२ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेकोको हकप्रद र बोनपश्चात ७१ करोड २८ लाख ९४ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीले १२ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक ५३ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।