असार १९ गतेदेखि दराज केमु मोबाइल सप्ताह हुँदै, ५० प्रतिशतसम्म छुटमा मोबाइल

Jun 26, 2017 Merolagani

दराज केमु प्रालिले आफ्नो अनलाइन प्लेटफर्ममा मोबाइल सप्ताह २०१७ सञ्चालन गर्ने भएको छ । नेपाल सहित दक्षिण एशियाली मुलुकहरु पाकिस्तान, बंगलादेश, श्रीलंका तथा म्यानमारमा विगत तीन वर्षदेखि अनलाइन प्लेटफर्ममार्फत विभिन्न समग्रीको अधिक व्यापार गर्दै आएको दराज केमु प्रा.लि.ले आफ्नो प्लेटफर्ममा मोबाइल सप्ताह सञ्चालन गर्न लागेको हो ।

असार १९ देखि २३ गतेसम्म तदनुसार जुलाई ३ देखि ७ तारिखसम्म केमु डटकम डटएनपी (kaymu.com.np) मा मोबाइल सप्ताह आयोजना हुने भएको हो ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि दराज केमु प्रालिले मोबाइल सप्ताहका बारेमा जानकारी गराएको हो । असार १९ देखि २३ गतेसम्म केमु डटकम डटएनपी (kaymu.com.np) मा चल्ने अनलाइन मोबाइल सप्ताहमा अहिलेको बजार मुल्य भन्दा धेरै सस्तो मूल्यमा मोबाइल खरिद गर्न सकिने बताइएको छ ।

सप्ताह अवधिभर अनलाइन स्टोरमा नेपालमा अधिक प्रयोगमा रहेका सबै ब्राण्डका मोबाइलहरु ५० प्रतिशतसम्म छुटमा किन्न पाइन्छ । यसका अलावा सप्ताह अवधिमा विभिन्न ब्राण्डका मोबाइल खरिद गर्ने ग्राहलाई आकर्षक उपहार पनि प्रदान गरिनेछ । उक्त अवधिमा मोबाइल खरिद गर्ने ग्राहकलाई थप नगद छुट साथै मोबाइल डाटा पनि निशुल्क उपलब्ध गराइने दराज केमु प्रालिका प्रबन्ध निर्देशक राजिव अमात्यले बताए ।

सन् २०१६ मा ब्ल्याक फ्राइडे नामक अनलाइन शपिंग इभेण्टको सफलता पछि दराज केमुले मोबाइल सप्ताह २०१७ आयोजना गरेको हो । उक्त मोबाइल सप्ताहमा सामसुंग, वान प्लस, माइक्रोम्याक्स, एप्पल, हुवावे, नोकिया, जोप्पो, ओप्पे लगायत अन्य धेरै ब्राण्डका मोबाइलहरु सहज रुपमा सुपथ मूल्यमा अनलाइन प्लेटफर्मबाट किन्न सकिनेछ । यसका साथै मोबाइलका अन्य उपकरणहरु इयरफोन, ब्लुटुथ, साउण्ड सिष्टम, पावर बैंक लगायतका सामग्री पनि मोबाइल सप्ताहको आकर्षण्का रुपमा रहने छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।