एनसेललाई ६१ अर्ब कर निर्धारण, ढिलाई गरे अरु थपिने

Jun 28, 2017 Merolagani



काठमाडौ । ठूला करदाता कार्यालयले एनसेललाई ६१ अर्ब कर निर्धारण गरेको छ । कान्तिपुर दैनिकका अनुसार एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री भएको डेढ बर्षपछि मंगलबार जरिवाना र ब्याज सहित ६० अर्ब ७१ करोड रुपैयाँ बिक्रेता टेलियासोनेराको नाममा कर निर्धारण गरेको हो ।

 

एनसेलले पेश गरेको बिबरण अनुसार ३५ अर्ब ७१ करोड रुपैयाँ पूँजीगत लाभकर र बाँकी ब्याज र जरिवाना गरी ६० अर्ब ७१ करोड कर निर्धारण भएको हो ।

कर कार्यालयल अन्तिम कर निर्धारणबारे टेलियालाई शुक्रबारै ईमेलमाफृत जानकारी गराईएको र बिस्तृत बिबरण कुरियर गरी पठाईने कर कार्यालय स्रोतले जानकारी दिएको कान्तिपुरले लेखेको छ । १५ दिनभित्र कर नबुझाए अरु जरिवाना र ब्याज लाग्ने बताईएको छ । यसरी रकम थपिदै जाँदा एनसेल बिक्रेता टेलियाले अर्बौ तिर्नपर्ने हुनसक्छ ।

टेmिलयाले एनसेलको स्वामित्व एक अर्ब १२ करोडमा किनेकोे बिबरण पेश गरेकोमा पछि मलेशियाको एक्जियटालाई एक खर्ब ४४ अर्बमा बेचेको कागज कर कार्यालयमा पेश गरेको थियो । त्यसमा लाग्ने २५ प्रतिशत लाभकर समयमै नबुझाउँदा एनसेल र टेलियामाथि करको भार बढ्दै गएको हो ।

एनसेलले यसअघि दुईपटक गरी २३ अर्ब ५६ करोड पूँजीगत लाभकर बुझाईसकेको छ । एनसेल र टेलियासोनेरा दुबै सँगै आई कर तिरेमा अब ३७ अर्ब १५ करोड रुपैयाँ बुझाए पुग्छ भने टेलिया सोनेराले अटेर गरेमा ६० अर्ब ७१ करोड नै बुझाउनुपर्ने कर कार्यालयले बताएको छ ।
यसमा नेपाली साझेदारहरुले सेयर बिक्री गरेको २० प्रतिशत बाहेकको रकम भएको बताईएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।