कमिशनबाट भ्याट असुल्ने कर कार्यालयको ताकेतापछि कारोबार बन्द गरेर धितोपत्र बोर्ड पुगे सेयर दलाल

Jun 29, 2017 Merolagani

आन्तरिक राजश्व बिभागले सेयर दलालहरुले लगानीकर्ताबाट असुल्दै आएको कमिशन रकमबाट मूल्य अभिबृद्धि कर(भ्याट) असुल्ने कडा कदम चालेपछि सेयर दलालहरु धितोपत्र बोर्ड पुगेका छन् । कर कार्यालयहरुले केही दलालको कार्यालयलाई पत्र पठाई २०६९ सालदेखि असुल्दै आएको कमिशन रकमबाट भ्याट बुझाउन भनेपछि दलालहरुले कारोबार बन्द गरी धितोपत्र बोर्डसँग छलफल गर्न पुगेका छन् ।

 

 

सेयर दलालहरुले २०६९ सालदेखि असुल्दै आएको कमिशनबाट भ्याट बुझाउनु पर्ने भएमा एउटै दलालले पाँच करोड रुपैयाँसम्म बुझाउनु पर्ने बताईन्छ । बिभागले नियम कानुनले सेवा शुल्कमा भ्याट लाग्ने स्पष्ट गरेको र बुझाउन ढिलाई गरे जरिवाना र ब्याजसहित असुल हुने जनाएको छ ।

सेयर ब्रोकर एशोसियशनका अध्यक्ष प्रियराज रेग्मीले कर कार्यालयले केही दलालहरुलाई भ्याट रकम बुझाउन पत्र काटेपछि आफुहरु धितोपत्र बोर्डसँग छलफल गर्न जावलाखेल पुगेको बताए ।

ब्रोकर नम्बर ५७ आर्यातारा सेक्युरिटिजका संचालक गुणनिधि भुसालले चार वटा सेयर दलाललाई भ्याट चुक्ता गर्न कर कार्यालयबाट पत्र आएको जानकारी दिदै त्यसबाट आफुहरु अन्योलमा परेको बताए । उनले धितोपत्र बोर्डसँग छलफल गरेपछि आजै निचोडमा पुगिने आशा ब्यक्त गरेका छन् ।

आन्तरिक राजश्व बिभागले भने सेयर कारोबारमा लगानीकर्ताबाट असुली गरिएको सेवा शुल्कमा मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने भन्दै महालेखापरीक्षकको कार्यालयले २०७१ सालमै सरकारी निकायहरुलाई निर्देश गरेकोले आफ मातहतका कर कार्यालयहरु सोही बमोजिम परिचालित भएको जनाएको छ ।

आन्तरिक राजश्व बिभागकी प्रबक्ता चन्द्रकला पौडेलले सेयर दलालहरुलाई भ्याट रकम बुझाउन र भ्याटमाा दर्ता हुन २०६९ सालमै पत्राचार गरिएको जानकारी दिएकी छन् । उनका अनुसार अहिले पनि कयौं सेयर दलालहरु भ्याटमा दर्ता नभई कमिशन असुलेर कारोबार गरिरहेको भन्दै कर असुली गर्नबाट आफुहरु पछि नहट्ने बताएकी छन् ।

तर सेयर दलालहरुले भने आफुहरुले लगानीकर्ताबाट भ्याट रकम नसुलेकाले २०६९ सालदेखिको बक्यौता बुझाउने भन्ने कुरा न्यायसंगत नभएको जिकिर गरेका छन् । एक सेयर दलालले भने -हामीले लगानीकर्ताबाट भ्याट असुलेका छैनौ, नसुलेको भ्याट बुझाउने भन्ने प्रश्नै छैन ।

उनले अब भ्याट रकम पनि लगानीकर्ताबाट असुलेर बुझाउने हो भने आफुहरु तयारै रहेको बताए ।

अहिले सेयर दलाल कमिशन ०.६ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कायम भएको छ । पहिले यो रकम कारोबार रकमको एक प्रतिशतसम्म थियो ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।