सानिमा माई हाईड्रोले पायो शतप्रतिशत हकप्रद विक्री गर्ने अनुमति, तर नउचालिनुस्

Jun 30, 2017 merolagani

सानिमा माई हाईड्रोपावर कम्पनी (SHPC) ले शतप्रतिशत हकप्रद विक्री गर्ने अनुमति धितोपत्र बोर्डबाट प्राप्त गरेको छ । कम्पनीले असार १५ गते विहीबार अनुमति प्राप्त गरेको हो ।

सानिमा माईको सेयर विक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले अब सनराईज क्यापिटल मार्फत एक सय रुपैयाँ अंकित दरको एक करोड पाँच लाख ५० हजार कित्ता सेयर दुई महिनाभित्रै विक्री गर्नेछ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ रहेकामा हकप्रद विक्रीपछि दुई अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीले २६ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४.६७ कायम गरेको छ ।

कम्पनीको सेयर बुधबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ११८० रुपैयाँमा कारोबार भएको छ । सानिमा माईले हकप्रद विक्री गरेर चुक्ता पूँजी बढाउने भयो भन्दैमा उचालिएर सेयर किन्नु चाँही घातक हुनसक्छ । जलविद्युत्त आयोजनामा लगानी दिर्घकालिन हुने भएकाले तत्कालै ठुलो प्रतिफल पाउन सकिन्न ।

धितोपत्र बोर्डले प्रतक्ष्य नियमनकारी निकाय नभएका कम्पनीहरुलाई हकप्रद र थप साधारण सेयर (एफपीओ) विक्री गर्न कठोर मापदण्ड लागु गरेकाले त्यो पुरा गरेपछि सानिमाले हकप्रद विक्री गर्ने स्वीकृति पाएको हो ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।