छ्याङ्दी हाइड्रोको साधारण सेयर कसलाई कति पर्यो ? (बाँडफाँड मोडलसहित)

Jul 01, 2017 Merolagani

 छ्याङ्दी हाइड्रोले  सर्वसाधारणका लागि निष्काशन गरेको पाँच लाख ४० हजार कित्ता साधारण सेयर  शनिबार  बाँडफाँड गरेको छ । कम्पनीको सेयरमा आवेदन गर्नेहरु मध्ये अधिकतम ३४ कित्ता सेयर पाएका छन् । मेरोलगानीले यसअघि अधिकतम ३५ कित्ता सेयर पर्ने आँकलन गरेको थियो ।

संस्थागत लगानीकर्ताको आवेदनलाई बन्देज लगाइएका कारण कम्पनीको सेयरमा ७१० कित्तासम्मको आवेदन गर्ने मध्ये झण्डै ५० प्रतिशत आवेदकले १० कित्ता सेयर पाएका छन् । ७२० कित्ता भन्दामाथि २७०० कित्तासम्म सेयर माग गर्नेले  माग गरेको संख्याको १.२४ प्रतिशतको औसतमा सेयर पाएका छन् ।

यस आधारमा एक हजार कित्ता सेयर माग्नेले १३ कित्ता सेयर पाएका छन् भने १५०० कित्ता माग गर्नेले १८ कित्ता सेयर पाएका छन् ।  दुई हजार कित्ता सेयर माग गर्नेले २५ कित्ता सेयर पाएका छन् । २५०० कित्ता सेयर माग गर्नेले ३१ कित्ता सेयर पाएकोमा २७०० कित्ता माग्नेले ३४ कित्ता सेयर पाएका हुन् ।

५० हजार रुपैंयासम्मका लागि ७९ हजार १३ जनाले सेयर आवेदन गरेकोमा गोलाप्रथाबाट २० हजार ४९३ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाएका हुन् । त्यसैगरी ५० हजार देखि ७१ हजार रुपैंयासम्मका आवेदकले पनि गोलाप्रथाबाट १० कित्ता मात्र सेयर पाएका छन् । ७२ हजारदेखि ८१ हजार रुपैंयासम्मका आवेदकले अनिबार्य रुपमा १० कित्ता सेयर पाएका छन् ।

कम्पनीको साधारण सेयरमा कुल ९२ हजार ३८५ वटा आवेदन परेकोमा ६८८ वटा आवेदन रद्ध भएका छन् । बाँकी रहेका ९१ हजार ६९७ आवेदकलाई मात्र सेयर बाँडफाँडमा सहभागि गराइएको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लवोबल आईएमई क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार दोहोरो आवेदन गर्नेको संख्या अधिक छ । बहु हितग्राही खाता हुने लगानीकर्ताहरुले बदमासी गरेर धेरैवटा आबेदन गरेको पाईएको छ । दोहोरो आवेदनको विबरण धितोपत्रध बोर्डलाई उपलब्ध गराई कार्वाहीका लागि सिफारिस समेत गरिएको छ ।

यसै गरी अधिकतम २७०० कित्तासम्म सेयर माग गर्न पाइने व्यवस्था भए पनि आस्वाबाट परेको आवेदनमा सो भन्दा बढी कित्ता सेयर माग गर्ने आवेदन परेको भन्दै त्यस्ता सबै आवेदन रद्ध गरिएको क्यापिटलले जनाएको छ ।    

निर्धारित ३० औं दिनमा ग्लोबल आईएमई क्यापिटलले यो सेयर बाँडफाँड प्रकृया पुरा गरेको हो । ४० प्रतिशत सेयर साना लगानीकर्ता र ६० प्रतिशत सेयर ठुला लगानीकर्तालाई वितरण गर्ने व्यवस्था सहितको धितोपत्र बाँडफाँड निर्देशिका अन्तरगत यो साधारण सेयर अन्तिम पटक बाँडफाँड गरिएको हो । अब क्यापिटलले धितोपत्र बाँडफाँड सम्बन्धि निर्देशिका २०७४ अनुसार साउन ४ गते हिमालन पावर पार्टनरको साधारण सेयर पनि पहिलो पटक बाँडफाँड गर्दैछ ।

छ्याङ्दी हाइड्रोले जेठ १४ देखि १८ गतेसम्म  साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । यसअघि लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि छ्याङ्दी हाइड्रोले दुई लाख ७० हजार कित्ता साधारण सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

लमजुङको फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ । उसले ४ मेगावाटको अपर छ्याङ्दी आयोजना समेत निमार्ण गर्दैछ ।

साधारण सेयर बाँडफाँडको मोडल यस्तो छ । तपाईको मोबाइल एप तथा ब्राउजरमा मोडल हेर्न नसक्नु भएको भए यो लिङ्कमा गएर पनि हेर्न सक्नु हुन्छ । सेयर बाँडफाँडको नतिजा केही बेरमा मेरोलगानीमा प्रकाशित गरिनेछ ।


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।