साधारण सेयर आवेदनमा यस्तो बदमासी गर्नेको विबरण अब धितोपत्र बोर्डमा

Jul 01, 2017 Merolagani

साधारण सेयरमा आवेदन गर्दा फरक फरक हितग्राही खाता तथा ब्यक्तिगत विबरणमा फेरबदल गरेर सेयर आवेदन गर्नु भएको छ ? यदि छ भने अब यसरी सेयर आवेदन गर्नेहरुको विबरण सिधै धितोपत्र बोर्डमा पुग्ने र कारबाहीको भागीदार बन्नुपर्ने भएको छ ।

केही समय अघि नेपाल लाइफ इन्स्योरेन्स तथा स्टाण्डर्ड चार्टर्डको थप नयाँ साधारण सेयरमा धेरै लगानीकर्ताले बिबरण तल माथि गराएर दाहोरो सेयर आवेदन गरेका थिए । यसले गर्दा ती कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकलाई गलत नियतले आवेदन गर्नेहरुको म्यापिङ गर्ने काम थपिएको थियो । उनीहरुले त्यस्तो बदमासी गर्नेको सेयर आवेदन रद्ध गरी सबै विबरण धितोपत्र बोर्डमा बुझाएका थिए ।

त्यस पछि निष्काशन भएका साना तथा मझौला कम्पनीहरुको साधारण सेयरमा पनि दोहोरो आवेदन तथा अस्पष्ट र झुक्याउने शैलीका चेक राखेर सेयर आवेदन पर्न छाडेनन् । अब ती सबै लगानीकर्ताको विबरण धितोपत्र बोर्डमा पुगिसकेको छ ।

शुक्रबार बाँडफाँड भएको छ्याङ्दी हाइड्रोपावरको साधारण सेयरमा पनि धेरै संख्यामा दोहोरो आवेदन परेको भेटिएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार एउटै ब्यक्तिले फरक फरक हितग्राही खाताबाट धेरै सेयर आबेदन गरेका छन् । दोहोरो आबेदन गर्नेहरु यकिन गरी आबश्यक कारबाहीका लागिबोर्डमा पठाईएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले बताए ।

‘आस्बाबाट आउने आवेदनमा डिम्याट खाताको विबरणमै त्रुटिपुर्ण रहेको विबरण पनि आएका छन् । तर अधिक मात्रामा एक जना आवेदकले बेग्लाबेग्लै डिम्याट खाताको विबरण राखेर विबरण तलमाथि पारेको भेटिएको छ ।’ मेरोलगानीसँगको कुराकानीमा प्रमुख कार्यकारी ढकालले भने ।

क्यापिटलले दोहोरो आवेदन गर्ने तथा नियोजित रुपमा झुक्याउने किसिमका चेक राखेर सेयर आवेदन गर्नेहरुको विबरण धितोपत्र बोर्डमा पठाएको छ ।

आगामी साउन देखि आस्बाबाट मात्र सेयर आवेदन गर्नु पर्ने व्यवस्था अनिवार्य भैसकेको छ । यस दौरानमा नक्कली बैंक खाता खोल्नेदेखि एक जनाले नै फरक फरक डिम्याट खाता राखेर विबरण हेरफेर गरी सेयर आवेदन गर्ने क्रम बढ्को हुँदा एक भन्दा बढी हितग्राही खाता खोल्न सकिने सुबिधाको दुरुपयोग भएको छ । सबै आवेदकको डिम्याट खाताको विबरण म्यापिङ गर्ने काम केन्द्रिय निक्षेप प्रणालीले गर्न थाले पनि बदमासी गर्ने लगानीकर्ताका कारण त्यस्ता आवेदन छुट्याउन समय खर्चिनु पर्ने बाध्यता निष्काशन प्रबन्धहरुलाई छ ।

धितोपत्र बोर्डले अहिले साधारण सेयर निष्काशनका दौरान खराब नियतले आवेदन गर्ने लगानीकर्ताको विबरणलाई नियाल्ने जनाएको छ । बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले मेरोलगानीसँगको कुराकानीमा भने, 'त्यस्ता आवेदकको विबरणलाई बोर्डले नजिकबाट नियालेको छ । गलत नियतले सेयर आवेदन नगर्न लगानीकर्तालाई बोर्ड सचेत गराउन चाहन्छ ।’

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।