महालक्ष्मी विकास बैंकको एक अर्ब कमाउने लक्ष्य

Jul 02, 2017 merolagani

यती डेभलपमेन्ट बैंकलाई गाभेर बनेको महालक्ष्मी विकास बैंक (MLBL) ले चालु आर्थिक बर्षमा एक अर्ब संचालन मुनाफा आर्जन गर्ने  जनाएको छ । मर्जपछि बैंकको एकीकृत कारोबारको शुभराम्भ कार्यक्रममा बैंकका अध्यक्ष राजेश उपाध्यायले यस्तो जानकारी दिएका हुन ।

विभिन्न चरणमागरी अहिलेसम्म सात वटा संस्था गाँभिएर आज हामी चुक्तापूँजी, ग्राहक र नेटवर्कको आधारमा सबैभन्दा ठुलो विकास बैंक बनेका छौ । यो बर्ष एक अर्ब संचालन मुनाफा कमाउने लक्ष्य छ । उपाध्यायले भने । पूँजी बढेकाले बैंकको विस्वस्नीयता पनि बढेको छ, बढेको पूँजीमा राम्रो प्रतिफल दिन्छौ, उनले भने

उनले पछिल्लो ६ महिनामा उच्च दरको ब्याज बृद्धिले बैंकहरु समस्या परेको भन्दै यसको समाधान गर्न राष्ट्र बैंकको ध्यानकर्षण गराए । बैंकको ब्याजदर र शरीरको ब्लड प्रेशर एउटै जस्तो भएकाले मौद्रिक नीतिमार्फत यसलाई सम्बोधन गर्नुपर्ने उनको भनाई थियो ।

मर्जरपछि बैंकको पूँजी दुई अर्ब ६३ करोड, निक्षेप २४ अर्ब र ऋण लगानी २० अर्ब, शाखा सञ्जाल ६५ पुगेको छ भने ग्राहक संख्या तीन लाख ६४ हजार पुगेको छ।

सोही कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष भरत ढकालले युनिर्भसल बैंकिङको अवधारण विकास भएको अवस्थामा बैंकहरुको वर्गिकरण आवश्यक नरहेको बताए । साथै उनले विकास बैंकहरुले पनि सरकारी कारोबार, स्थानीय तहको खाता संचालन, एलसी खोल्ने, रेमिटेन्सको कारोबार समेत गर्न पाउनुपर्ने माग गरे ।

ढकालले वाणिज्य बैंक र विकास बैंकहरुको स्प्रेडदर समान हुन नहुनेमा जोड दिए ।विकास बैंकहरुको आम्दानीको तुलनामा संचालन लागत धेरै हुने हुँदा वाणिज्य बैंक र विकास बैंकको स्प्रेडदर समान हुन नहुने उनको भनाई थियो । आगामी मौद्रिक नीतिबाट लगानी योग्य रकमको कमी हुन नदिन राष्ट्र बैंकले विशेष कार्यक्रम ल्याउनु पर्नेमा ढकालले जोड दिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।